गढवा गाउँपालिकामा चार पार्टीको समाजवादी मोर्चा घोषणा

आलोक भावुक

गढवा, १७ चैत्र । चार राजनीतिक दल मिलेर सनिवार गढवा गाउँपालिकामा समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन्।

गढवा उद्योग बाणिज्य संघको सभाहालमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताले मोर्चा घोषणा गरेका हुन्।

सम्पन्न समाजबादी मोर्चा घोषणा कार्यक्रमले बिष्णु सी को संयोजकत्वमा ११ सदस्यीय समाजबादी मोर्चा गठन गरेको छ।

जस्को सदस्यहरुमा ओम प्रकाश चौधरी, पदम सी, देवनारायण चौधरी, शिवा जिसी, शोभा रावत, रमा भण्डारी,गोबिन्द रोका, पुरन प्रसाद चौधरी, शान्ति यादव, सिताराम यादव र राम शरण यादव रहनु भएको छ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकिकृत समाजबादी र नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा भएको समाजबादी मोर्चा नेपाल गढवा गाउँपालिका स्तरीय समाजबादी मोर्चा घोषणा कार्यक्रम सम्पन्न भएको हो।

समाजबादी मोर्चा घोषणा कार्यक्रम जनता समाजवादी पार्टी गढवाका अध्यक्ष महबुब अलिको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्योपाने ‘सागर’को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

समाजबादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्योपाने सागरले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, मौलिकता सहितको समाजवाद स्थापना गर्ने र संविधानको कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित समाजबादी मोर्चा अघि बढ्नु पर्ने बताउनुभयो।समाजबादी मोर्चाले सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

समाजबादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी गढवाका अध्यक्ष महबुब अलिले देशको खातिर बिचार मिल्ने पार्टीहरुबिचको एकता हुनु देशले सही दिशा निर्देश गर्ने बताउनु भयो। देशमा रोजगारी उत्पादन मुलक कार्यक्रम र जनतालाई महसुस हुने गरी काम गर्न देशको अस्थिरतालाई अन्त्य गर्न समाजबादी मोर्चा देशको लागि आवश्यक रहेको बताउनुभयो।

समाजबादी मोर्चा घोषणा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्योपाने ‘सागर’, नेकपा माओवादी केन्द्र दाङका सचिव बिश्वराज आचार्य, पुर्ण खनाल, नेपाल कम्युनिष्ट पार्टी राजपुर गाउँपालिकाका इन्चार्ज भिम सी, सेक्रेटरी हिमाल लगायतकाको सहभागिता रहेको थियोे ।

कार्यक्रमको सहजीकरण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिकाका अध्यक्ष तिलक घिमिरेले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID