सहकारी सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता गढवामा सम्पन्न 

आलोक भावुक

गढवा, १७ चैत्र । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वय सहकार्यमा ६७औं राष्ट्रिय सहकारी दिवशको अवसरमा गढवामा क्रियाशील सहकारीहरु संस्थाका सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता सनिवार गढवामा सम्पन्न भएको छ।

सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता सनिवार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवकोको प्रमुख आतिथ्य तथा नागरिक समाज गढवाका उप संयोजक खगेश्वर शर्माको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

हाजिर जवाफ प्रतियोगितामा गढवाका २२ सहकारी संस्थाहरुले प्रतियोगिको रुपमा सहभागिता जनाएका थिए ।

सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा १ जेठानगाउँ प्रथम, चुरेक्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा ६ द्वितीय, समानता बचत तथा ऋण सहकारी संस्था गढवा २ तृतीय र गढवा बचत तथा ऋण सहकारी संस्था गढवा-७ गढवा र अभियान बचत तथा ऋण सहकारी संस्था गढवा ३ सान्त्वना स्थान हांसिल गर्न सफल भएका छन्। बिजेता सहकारी संस्थाहरुलाई पुरस्कार वितरण सहकारी दिवशको दिन गरिने सञ्जालले जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले सहकारी संस्था सञ्चालक समिति सहितको कर्मचारीहरुलाई सहकारी सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो। यस्तो प्रतियोगिताले सहकारी संस्था सञ्चालक तथा कर्मचारीहरुको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रमुख यादवले बताउनु भयो ।

त्यसैगरी हाजिरी जवाफ प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै पालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले हाजिरी जवाफ प्रतियोगितामा सहकारीहरुले देखाएको चासोले आफु खुसी भएको बताउनुभयो। सहकारी संस्था सञ्चालन गर्दा कुन सहकारी कतिको मिहेनत र कतिको जानकार छ भन्ने पत्ता लगाउनको लागि पनि यो प्रतियोगिता आवश्यक रहेको बताउनुभयो। सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुबिचको सम्बन्ध नङ र मासुको जस्तै भएको बताउदै अध्यक्ष गहतराजले कर्मचारी र सञ्चालक त्यसैगरी अन्तर सहकारी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले सहकारीहरु बिचको दुरी अन्तय गर्न हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेका स्पष्ट पार्नु भयो। सहकारी सम्बन्धी ज्ञान र सामान्य ज्ञान अध्ययन गर्न यो प्रतियोगिता प्रेरित गर्ने बिस्वास आफ्नो रहेको बताउनुभयो। प्रतियोगिताले कर्मचारी र सञ्चालक समितिले ठुलो ज्ञान प्राप्त हुने बताउनु भयो।

त्यसैगरी पालिका स्तरीय सहकारी संञ्जालले ६७ औं राष्ट्रिय सहकारी दिवशको अवसरमा विविध कार्यक्रम तथा प्रतियोगिताहरुको आयोजना गरेको छ।

‘सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ भन्ने मूल नाराका साथ सहकारी सञ्जालले चैत्र २० गते विविध कार्यक्रमहरु गरी सहकारी दिवश मनाउने निर्णय गरेको सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो।

सहकारी सञ्जालले सहकारी दिवशको अवसरमा सहकारी संस्था सञ्चालक समिति सहितक कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता आज शनिबार सम्पन्न गरेको छ भने चैत्र २० गते भेषभुसा र ड्रेस सहितको र्‍याली गरेर गढवा बजार परिक्रमा, महिला र पुरुष दुबैका लागि घैटाफाेड र कुर्सी दौड प्रतियोगिता, सहकारीमा सुशासन, प्रविधि र एकिकरण विषयक वक्तृत्वकला प्रतियोगिता र कार्य सम्पादनको आधारमा तिन वटा उत्कृष्ट सहकारी लाई सम्मान गर्ने कार्यक्रम तय गरेको अध्यक्ष गहतराजले जानकारी दिनु भयो ।चैत्र २० गते समापन कार्यक्रममा उपस्थित भई ६७औ राष्ट्रिय सहकारी दिवश भव्यताका साथ मनाउन हुन गढवा गाउँपालिका सहकारी शाखा र पालिका स्तरीय सहकारी संञ्जालले सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

हाजिरी जवाफ प्रतियोगिता सहकारी सञ्जालकी उपाध्यक्ष कमला आचार्यको स्वागत मनतब्य बाट सुरु भएको थियो भने कार्यक्रमको सञ्चालन गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल र तेजस्वी मातृभूमि सहकारी संस्थाका व्यवस्थापक फणाधर ढकालले गर्नुभएको थियो।

मा प्रकाशित