गढवाको हांसिपुरमा आगलागी, सत्तरी हजार बराबरको क्षती

आलोक भावुक

गढवा, ५ चैत्र। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ हांसीपुर सोमबार आगलागी भएको छ।

आगलागीबाट करिब ७० हजार रुपैयाँ बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भयो।

गढवा-६ हांसीपुर मुमाकान्त आचार्यको घरमा सोमबार आगलागी भएको हो । सांझ ४ बजेर १५ मिनेटमा आगलागी भएको स्थानीयहरुले बताएका छन्। घरमा कोही नभएको समयमा एक्कासी आगो लागेको देखेपछी गढवा गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी जवान र स्थानीयहरुको सक्रियतामा आगोलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक वलीले जानकारी दिनु भयो ।

आगलागीबाट गोठ र घरमा क्षति भएको छ। सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने स्थानीयहरुले बताएका छन्। आगलागीबाट ५ क्युनटल धान जलेर नष्ट भएको छ। त्यसैगरी ७० हजार बराबर सालको चिरान काठ जलेको घरधनी मुमाकान्त आचार्यले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID