गढवामा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु, पतंजली भवन निर्माण गरिदिने पालिका अध्यक्ष पोख्रेलद्वारा प्रतिबद्धता 

आलोक भावुक

गढवा, १४ बैशाख । दाङ देउखुरीको गढवामा पतंजली योग समिति गढवाको आयोजनमा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु भएको छ।

गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा महिला योग पतंजली समिति दाङ, योग पतञ्जली समिति दाङको प्राविधिक सहयोगमा बैशाख १४ देखी जेष्ठ २० गते सम्म शिक्षक प्रशिक्षण शिविर सञ्चालन हुने छ।

शिक्षक प्रशिक्षण शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पतंजली योग समिति गढवाको भवन निर्माण गर्न आफु तयार रहेको बताउनुभयो भएको छ। गढवा गाउँपालिका बासीहरुलाई स्वस्थ्य बनाउनुको साथै दिमागलाई पनि स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग रहेको आफु योग शिविरबाट अत्यन्त खुसी भएको बताउनुभयो। पतंजली योग समिति गढवाले जुन सक्रियतामा योग अभ्यास गरिरहेको छ त्यसबाट आफु धेरै नै प्रभावित भएको बताउदै अध्यक्ष पोख्रेलले योग अभ्यासलाई गढवा गाउँपालिकाको हरेक वडा वडामा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। योग हरेक उमेर समूहका व्यक्तिहरुलाई गर्न हुने भन्दै स्वास्थ्य जिवनको लागि योग अपरिहार्य रहेको बताउनुभयो। पतंजली योग समिति गढवाको भवन निर्माणका लागि सबैको साथ, सहयोग आवश्यक रहेको समेत बताउनुभयो। योग मार्फत गढवाका जनतालाई निरोगी बनाउने अभियानमा आफु पुर्ण सहयोग गर्ने बताउदै जग्गाको भेटिए गाउँपालिकाले भवन निर्माण गर्ने पहिले गरेको प्रतिबद्धतामा आफु अडिग रहेको बताउनुभयो। आवश्यकता अनुसार विकाश हुने भन्दै गत बर्ष व्याडमिन्टन खेल प्रतियोगिता गर्दा कभर्डहलको आवश्यकता महसुस भएको थियो अहिले निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताउदै अध्यक्ष पोख्रेलले वर्तमान समयमा योगको माध्यम बाट कैयौ समस्या समाधान हुने भएकाले गढवा गाउँपालिकाको आगामी निति तथा कार्यक्रममा योगको बिषयलाई प्रमुख प्रथामिक्तामा राखेर बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

शिक्षक प्रशिक्षण शिविरको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरले वडा वडामा मात्र नभई टोलकोलमा योग शिविर सञ्चालन गर्नु पर्ने बताउनुभयो। किसान बाहेक अन्य सबैका लागि योग आवश्यक रहेको बताउदै वडाध्यक्ष आलेमगरले वडाले योग शिविरको लागि आगामी दिनमा पनि बजेट बिनियोजन गर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै जनता माध्यमिक विद्यालय गढवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार कुमालले पतंजली योग समिति गढवाको भवन निर्माणका लागि आवश्यक जमिन आफुले उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। योगले अध्यात्म संग जोड्ने भाव व्यक्त गर्ने गरेको बताउनु भयो ।

बैशाख १४ गतेदेखि जेठ २० गते सम्म गढवा उद्योग बाणिज्य संघको सभाहलमा सञ्चालन हुने पतंजली योग समिति गढवाका अध्यक्ष राजेन्द्र राम नरेश यादवले जानकारी दिनु भयो।

कार्यक्रममा पतंजली योग समिति गढवाका अध्यक्ष राम नरेश यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

३६दिने शिक्षक प्रशिक्षण शिविरको उद्घाटन कार्यक्रममा महिला पतंजली योग समिति दाङकी अध्यक्ष साहाना श्रेष्ठ,गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्द, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शिवराज पन्थीले गर्नु भएको थियो ।

मा प्रकाशित