गढवामा मोटरसाइकल दुर्घटना, २ घाईते 

आलोक भावुक

गढवा, १५ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मोटरसाइकल र साईकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भएको छ। घाईतेहरुको लमही अस्पतालमा उपचार भैरहेको र हाल सम्म अवस्था सामान्य रहेको प्रहरी निरीक्षक वलीले जानकारी दिनुभयो।

गढवा बाट मतपुर तर्फ जादै गरेको रा.४ प.६६०४ नम्वरको मोटरसाइकलले विपरित दिशा तर्फ आउदै गरेको साईकल यात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते हुनेहरुमा साईकल यात्री गढवा गाउँपालिका वडा-६ बस्ने बर्ष २९ को डोलचन चौधरी रहेका छन् भने मोटरसाइकलमा सवार गढवा ६ बालाखुट्टी बस्ने २२ वर्षीय बिकाश बिक रहेको इप्रका गढवाले जनाएको छ डोलचन चौधरीको दाहिने खुट्टामा चोट लागेको छ भने बिकाश बिकको टाउको र बाया हातमा चोट लागेको छ। हाल सम्म दुबै घाईतेको उपचार लमही अस्पताल भैरहेको र अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीलेे जानकारी दिनु भएको छ ।

मा प्रकाशित