आशा लघु वित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी

ओमप्रकाश गुप्ता

भालुवाङ ६ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङले उद्देश अनुसार ऋणको प्रयोग गर्न महिला दिदीबहिनीहरूलाई आग्रह गरेका छन् ।

आशा लघु वित्त वित्तीय संस्था शाखा कार्यालय सिसहनियाँले मंगलबार दाङको राप्ती गाउँपालिका ८ पिपरीमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । पछिल्लो समय गहना किन्न, विवाह तथा घरयासी प्रयोजनमा निकालिएको ऋण प्रयोग गर्दा महिलाहरू ऋणमा डुवेको घटनाहरू बेला बखतमा सुनिने गरेको वडा अध्यक्ष गुरूङले बताए ।

केन्द्र नम्बर ६९ का केन्द्र प्रमुख मिना कुमारी चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वित्तीय संस्थाको परिचय, महत्त्व तथा आवश्यकता, बचत तथा ऋण प्रवाह, कर्जाको सहि सदुपयोग कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो । वित्तीय संस्थाका विषयमा बाहिर आइरहेका नकारात्मक टिकाटिप्पणीको चिरफार गर्न तथा संस्थाले सेवा सुविधा र कर्जाको प्रयोग कसरी गर्ने भन्ने उद्देश बनाएर सदस्यहरूलाई सचेतना प्रदान गर्न कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख सियाराम चाैधरीले बताएका छन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी हवल्दार पटवारी चाैधरी, समाजसेवी तथा बुद्धिजीवी टंकनाथ चाैधरी र देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको विशेष उपस्थिति रहेको थियो ।

संस्था तथा समुहका ९० जनाको सहभागीता रहेको कार्यक्रमको सहजीकरण अनुगमन अधिकृत धर्मराज दहाल, शाखा प्रमुख सियाराम चाैधरी, कर्मचारी रामलाल चाैधरी, शिवा कुमारी थारू, रिटिका चाैधरीले गरेका थिए । कार्यक्रममा संस्थागत जानकारी तथा स्वागत शाखा प्रमुख सियाराम चाैधरीले गरेका थिए । भने कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी रामलाल चाैधरीले गरेका थिए ।

मा प्रकाशित