गढवा उद्याेग बाणिज्य संघको आयोजनामा हाेली मिलन कार्यक्रम सम्पन्न

ओम प्रकाश बसेल

गढवा, १० चैत्र । गढवा उद्याेग बाणिज्य संघले हाेलि पर्वकाे अवसर पारि हाेलि मिलन कार्यक्रम सम्पन्न गरेकाे छ ।
संघका अध्यक्ष ओम प्रकाश बसेलकाे अध्यक्षता एवम् संस्थापक अध्यक्ष युवराज पाेख्रेलकाे प्रमुख अाथित्यतामा हाेलि मिलन कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा घैटाफाेड प्रतियोगिता र चकलेट दाैड प्रतियाेगिता समेत आयाेजना गरिएकाे थियाे ।
घैटाफाेड प्रतियाेगितामा युवराज अाचार्य बिजेता हुनु भएकाे थियाे भने चकलेट दाैड प्रतियाेगितामा चिन्ता प्रसाद पाेख्रेल प्रथम, मधा न्याैपाने दाेस्राे र शरद रिजालले तेस्राे स्थान प्राप्त गर्नुभएकाे थियाे । बिजेता लाई नगद तथा आकर्षण पुरूस्कार प्रदान गरिएकाे थियाे । पुरस्कारकाे ब्यबस्था लक्ष्मि चाउमिन उद्याेग गढवा तथा खनाल लिकर्सबाट ब्यबस्थापन गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै संघका अध्यक्ष बसेलले सामाजिक सदभाव कायम गर्ने रंगहरूकाे पर्व हाेलि भएकाले सामाजिक सद्भाव कायम गर्दै हर्षाेल्लासका साथ पर्व मनाउनु पर्ने बताउनु भयाे । हाेलिलाई रंगमय बनाउनु पर्ने बताउदै अध्यक्ष बसेलले सबै सँग भेटघाट हुने, बिचारहरू अादान प्रदान हुने, शुभकामना अादानप्रदान हाेस् भनी कार्यक्रमकाे आयाेजना गरिएकाे बताउनु भयाे ।
कार्यक्रम बाेल्दै प्रमुख अतिथि पाेख्रेलले यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्ने बताउदै, हाेलि पर्वकाे अवसरमा प्रतियाेगितात्मक कार्यक्रम लगायतका कार्यक्रम गरेर सबै एकजुट हुने अवसर प्रदान गरेकाेमा आयाेजकलाई विशेष धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रमा निवर्तमान अध्यक्ष खिम बहादुर बुढा, पुर्व अध्यक्ष रबिलाल आचार्य, निवर्तमान सल्लाहकार उमाकान्त पन्त, शुसिला भुषाल, गढवा हाेटल ब्यबसायि संघका अध्यक्ष राम बहादुर थापा लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।
अनाैपचारिक सास्कृतिक कार्यक्रम समेत रहेकाे हाेलि मिलन कार्यक्रमकाे सहजिकरण संघका प्रेस सल्लाहकार शिवराज पन्थिले गर्नु भएकाे थियाे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID