कतारको अमिर नेपाल आउने भएपछि मंगलवार सार्वजनिक बिदा

आलोक भावुक

काठमाडौँ, १० बैशाख । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कतारको अमिर नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID