गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा तिनदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न

आलोक भावुक

गढवा, २९ चैत्र। गढवामा तिनदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ।गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा तिनदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको हो।

गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी उपाध्यक्ष विष्णुमति चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

सहकारी व्यवस्थापन तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सहकारीहरु धरासायी हुदै गएको समाचारहरु आइरहेको समयमा हामीले गढवा गाउँपालिका स्तरीय एक नमूना सहकारी खोलेर समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो। सहकारी सञ्जाल गर्दा न्यूनतम मूल्य मान्यता छोडन् नहुने बताउदै अध्यक्ष पोख्रेलले सहकारी धरासायी हुनुको मुख्य कारण उद्देश्य अनुरुप काम नगर्नु, सहकारीको सिद्धान्त, मूल्य मान्यता बिपरित काम गरेकाले सहकारी आजको अवस्थामा पुगेको बताउनुभयो। सहकारीको अर्थ सहकार्य हो तर सिमित व्यक्तिहरुले व्यक्तिगत फाईदाको लागि सहकारी लाई डुबाएको बताउनु भयो । गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड सजग र सचेत भएर अघि बढ्नु पर्ने बताउनुभयो।

तिनदिने सहकारी व्यवस्थापन तालिममा गढवा गाउँपालिकाको आठ वटै वडाबाट उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।

आर्थिक समृद्धीको लागि साझेदारी कार्यक्रम’भोकालाई एक छाक भोजन होईन जिउने जुक्ति सिकाऔ भन्ने मुल नाराका साथ गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारीको सञ्चालक समितिका सदस्यहरूको लागि तिनदिने सहकारी व्यवस्थापन तालिम दिईएको हो।

तिनदिने सहकारी व्यवस्थापन तालिमको प्रशिक्षकमा गोपी पुडासैनी रहनु भएको थियो ।

गढगढवा गाउँपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको सहजीकरणमा तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु भएको थियो।

समापन कार्यक्रममा भिटामिन परियोजनाका फोकल पर्सन भिमकान्त चौधरी, सामुदायिक सहजकर्ता, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले गर्नु भएको थियो ।

मा प्रकाशित