लमहीमा प्रशासकीय अधिकृत आएसंगै रोकिएका सबै कामले गति पाउने 

 प्रिया स्मृती गजमेर

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले प्रमुख प्रशासकीय अधिकृतका कारण केहि समयदेखि रोकिएका सबै कामले गति पाउने बताउनु भयो । लमही नगरपालिकामा सरुवा भएर आउनु भएका र सेवानिवृत्त भएर विदाई हुनु भएका प्रमुख प्रशासकीय अधिकृतका लागि आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रकाश देवकोटा आउनु भएको छ । देवकोटा नवलपरासी बर्दाघाट सुस्ता पश्चिमको जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।  देवकोटाले १८ महिना त्यहाँ रहेर सेवा गर्नु भएको हो । नयाँ प्रशासकीय अधिकृत देवकोटलाई स्वागत र सेवानिवृत्त हुनु भएका देवेन्द्र प्रसाद श्रेष्ठलाई विदाई गरिएको छ । पालिकाले एक कार्यक्रमको आयोजना गरेर देवकोटालाई स्वागत र श्रेष्ठलाई विदाई कार्यक्रम गरेको हो।

प्रशासकीय अधिकृतहरुको सरुवा बढुवा जस्ता प्रक्रियागत कुराले गर्दा लमही नगरपालिकामा केहि असहज भएकै हो तर अब जनताले महसुस गर्ने गरि नगरपालिकाको काम अगाडी बढ्छ भन्नेमा म विश्वस्त छु’- नगर प्रमुख चौधरीले भन्नु भयो । पालिकामा भएका निर्णयलाई मुर्तरुप दिने भनेको कर्मचारी संयन्त्रले हो, जनप्रतिनिधिले गरेका निर्णयलाई कार्यान्यवन गर्ने जिम्मेवारी पनि कर्मचारीकै भएकोले दत्तचित्तका साथ् लाग्न सबैलाई निर्देशन दिनु भएको छ ।

त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले लमही नगरपालिकाले केहि गर्न सकेन भन्ने भन्नेहरुलाई काम बाट जवाफ दिनु पर्ने बताउनु भयो । पछिल्लो समयमा नगरपालिकाले प्रदान गर्ने सेवामा थुप्रै जनगुनासा आएकाले ति गुनासालाई चिरफार गर्दै कार्य सम्पादन गर्नु पर्ने उपप्रमुख योगीले बताउनु भयो । समग्र नगरपालिकाको बारेमा सबैले सोच्नु पर्छ, यदि कर्मचारीले तनमन लगाएर काम गरेनन भने जनप्रतिनिधिले जति निर्णय गरेपनि केहि हुँदैन’- उपप्रमुख योगीले भन्नु भयो ।

नगरपालिकालाई चुस्त्दुरुस्त राख्नका लागि कर्मचारीहरु एक भएर अगाडी बढ्नु पर्ने प्रशासकीय अधिकृत देवकोटाको भनाई छ । विधि र प्रक्रियालाई आत्मसात गर्नु पर्छ, हामीले हाम्रो नगरपालिका कस्तो गराउने भन्ने हामीमै भर पर्छ, सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्यौ भने हामीले छोटो समयमा राम्रो नतिजा दिन सक्छौ”- उहाँले भन्नू भयो ।

नगरपालिकाको विकास गर्नका लागि जनप्रतिनिधिले मात्र नभएर कर्मचारीको पनि हात रहने वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले बताउनु भयो । हिजका दिनमा जे जस्ता घटनाक्रम भए ती सबै कुरा भुलेर सबैले आफ्नो जिम्मेवारी बोध गरेर अगाडी बढ्नु पर्ने वडा अध्यक्ष पौडेलको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा अन्य पालिकामा पनि प्रशासकिय अधिकृतका रुपमा काम गरिसक्नु भएको छ ।

श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत भएर एक वर्षसम्म लमही नगरपालिकाको प्रशासनिक सेवा प्रवाह गरेका थिए । रेडियो हाइबेका सम्पादक तथा लमही नगरपालिकाका प्रेस सल्लाहकार लिला शाहले मन्तव्य राख्नु भएको थियो ।

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ शाखाका मीना शर्मा भुसालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो

मा प्रकाशित