शाहरुख खान कुनैबेला भारत थिए, अनि फेरि भारत बदलियाे 

कावेरी बामजाई, २८ कात्तिक २०७८
भारतकाे सबैभन्दा प्रख्यात सांस्कृतिक निर्यातहरुमध्ये एक शाहरुख खान नामक लिजेण्डमा तीन चीज अन्तर्निहित छन्। जसमा सामेल छ, त्याे घर, जसलाई याे अभिनेताले त्याे शहरमा समुद्रकाे किनारामा आफ्ना लागि बनाएका हुन् जसकाे बारेमा उनले कुनैबेला कसम खाएका थिए कि, ‘उनी एक दिन त्यहाँ राज गर्नेछन्।’
त्याे खुशहाल, ज़िन्दादिल र जगमगाउँदाे परिवार जसका लागि १५ वर्षकाे उमेरमा आफ्ना पितालाई र २६ वर्षकाे उमेरमा आफ्ना मातालाई गुमाएपछि उनले दिनरात कडा मेहनत गरे र यसैमा सामेल छ आफ्नाे ईमानदारीका लागि उनकाे त्याे प्रतिष्ठा जो तीन दशककाे लामाे करिअरका दौरान उनीप्रति मानिसहरूकाे नजरमा बनेकाे छ जसकाे लागि उनले कैयाैँ चाेटि अनेकाैं प्राधिकार सम्पन्न मानिसहरूसँग संघर्ष गर्नुपर्‍याे जसकाे सुरुवात सम्भवत: ‘जामिया मिलिया इस्लामिया’ विश्वविद्यालयका प्रबन्धनसँग उनकाे टकरावबाट भएकाे थियाे जसले उनलाई कम उपस्थितिका कारण अन्तिम परीक्षामा सहभागी हुने अनुमति दिएकाे थिएन।
पछिल्लाे एक प्रकरणमा यी सबै तत्वलाई व्यवस्थित रूपले एकसाथ नष्ट-भ्रष्ट गर्ने कोसिस गरिएकाे छ।
हालैमा नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) का अधिकृतहरूले आफ्ना कागजी कार्यवाही पूरा गर्नका लागि ‘मन्नत’ काे भ्रमण गरे र याे कारवाहीलाई मिडियाहरूले ‘उनकाे घरमा छापा’ काे रूपमा पेश गरे। याे एक यस्ताे घर हाे जसमाथि शाहरुख़लाई गर्व छ।
विरासतयुक्त एक पुरानाे सम्पत्तिमाथि निर्मित, याे घरकाे हरेक कुना उनका फिल्महरू, उनका विज्ञापनहरू, विवाहहरू र संगीत समारोहहरूमा उनीद्वारा गरिएका नाच-गानकाे अर्थात् एक यस्ताे व्यक्तिकाे वर्षौँको कडा मेहनतकाे परिणाम हाे, जसले आफ्नाे बाल्यकाल र युवावस्था भाडाका घरहरूमा बिताएकाे थियो।

शाहरुख़ले हामीलाई बताए कि मन्दिर, मार्केट र मंडलकाे तीन ‘एम’ सँग कसरी डिल गर्ने  ? ‘प्रेम नै सबथाेक हाे आफ्नाे, परिवार र देशकाे लागि प्रेम। 

उनकाे परिवारमा उनका तीनजना सन्तान (जो उनका आँखाका नानी समान छन्), र उनकी पत्नी, जो कुनैबेला पारिवारिक मूल्यहरूका ज्वाजल्यमान प्रतिमानका रूपमा ‘द फ्याबुलस लाइफ्स अफ बलिउड वाइफ्स’ (नेटफ्लिक्स) जस्ताे शोकाे हिस्सा बनेकी थिइन्। याे दम्पत्तिलाई आफ्ना सन्तानहरूका लालनपालनका उनीहरूका ताैरतरिकाहरूलाई लिएर राष्ट्रियस्तरमा लज्जित गरिँदैछ। उनीहरूका टिप्पणीहरू र बयानहरूलाई सन्दर्भदेखि टाढा लगेर प्रस्तुत गरिँदैछ, चाहे शाहरुख़काे सिमी गरेवालसँगकाे अन्तर्वार्तामा याे भन्नु कि,  ‘उनकाे छाेरा (जो त्यसबेला मुश्किलले दुई वर्षका थिए) जे चाहे गर्न सक्छन्, ती सारा कुराहरू गर्न सक्छन्, जुन उनले आफ्ना जवानीका दिनहरूमा गर्न पाएनन् (यसमा केटीलाई पिछा गर्नुदेखि लिएर ड्रग्स सेवन गर्नुसम्म सामेल छ) अथवा उनकी पत्नी गौरी खानकाे डेभिड लेटरम्यान सामु याे जाहेर गर्नु कि, ‘उनीहरू बच्चाहरूकाे चिन्ता गर्ने माता-पिता त हुन् तर हिस्टरीकल पेरेन्ट्स (बच्चाहरूलाई कठोर नियन्त्रणमा राख्ने अभिभावकहरू) हाेइनन्।’
यी सबैभन्दा माथि, एक स्वच्छ–असल पारिवारिक व्यक्तिका रूपमा उनकाे प्रतिष्ठालाई धुजा-धुजा पारिएकाे छ। उनलाई अक्सर याे भन्दै गरेकाे देखिन्थ्याे/सुनिन्थ्याे कि ‘म शाहरुख़ ख़ानकाे मिथककाे गुलाम हुँ।’ आज त्यही मिथमाथि गहिराे प्रहार गरिएकाे छ।
कुनै डुप्लिकेट छैन
यस्ताे संसारमा जहाँ ‘टल पपी सिन्ड्रोम’ (सार्वजनिक जीवनमा उल्लेखनीय ख्याति हासिल गरेका मानिसहरूलाई बदनाम वा अपमानित गर्ने एक कथित प्रवृत्ति) एक डिफल्ट सेटिङ हाे। त्यहाँ याे चाहना हुनु स्वाभाविक हाे कि ‘सबैलाई एक समानस्तर प्राप्त हुनुपर्छ’ र शाहरुख़ ख़ानले त वास्तवमा आफैलाई एक ‘टल पपी’ का रूपमा स्थापित गरेका थिए/छन्। चाहे उनी आफुलाई गाैरवान्वित गर्ने फिल्महरूका माध्यमबाट होस् वा लेटरम्यान जस्ता एंकरहरूदेखि लिएर अमेजनका जेफ बेजोसजस्ता अरबपतिहरूसम्म वैश्विक हस्तीहरूका साथ आफ्नाे साक्षात्कारद्वारा होस्, उनले सदैव आफ्नाे स्टारडमलाई अगाडि नै बढाएका छन्।
यसभन्दा पनि ठूलाे कुरा त याे छ कि उनकाे याे स्टारडम सर्व-समावेशी छ, ठीक त्यसरी नै जसरी उनकाे अंगालाे फैलाउने प्रख्यात शैली र यसमा मुस्लिम, महिलाहरू र एलजीबीटीक्यू (लेस्ब‍ियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर र क्व‍ियर) समुदाय पनि सामेल छन्। यदि बलिउड (जो १९९८ मा उद्योगकाे दर्जा पाएदेखि नै भारतीय जनता पार्टीकाे निशानामा छ) का द्वारा पूरै संसारलाई एक नयाँ भारतकाे विचार बेच्नुपर्ने छ, यसका लागि पुराना प्रतिकहरूलाई धराशायी पार्नुपर्नेछ र नयाँ स्टारहरू र कथाहरूकाे निर्माण गर्नु नै पर्नेछ।
यस स्टारका लागि याे समय एक मुश्किल समय रहेकाे छ जो यी सारा मामिलाका दौरान एकदम चुप रहेका छन्। कानुनी रूपमा लडाईँ लड्ने विकल्प राेज्दैछन्। कसैसँग सहानुभूति मागिरहेका छैनन्। आफ्नाे लागि समर्थन जुटाउन वा माफी माग्नका लागि चिच्याइरहेका छैनन् तर फेरि पनि उनी जनताकाे नजरमा छन्। उनकाे र उनकाे पत्नीकाे दुःख सबैका सामु चर्चा, बहस र हो-हल्लाका लागि प्रदर्शित गरिँदैछ।
फेरि गुण निर्विवाद रूपले मौजूद त छ नै – हामी निकै तीब्रताका साथ कसैकाे बारेमा कुनै पनि निर्णयमा पुग्छाैँ। विशेष गरेर ती प्रसिद्ध हस्तीहरूका मामिलामा जसलाई हामी मन पराउँछाैँ। हामी सिनेमाघरहरूमा लाग्ने शाहरुख़का फिल्महरूलाई सेलिब्रेट गर्न मन पराउँछाैँ वा फेरि गौरी खानका नयाँ नवेली घरेलु डिजाइनलाई एक लाइफस्टाइल पत्रिकामा देखेर उनीमाथि फिदा हुन्छाैँ।
यसले ती सारा प्यारामिटरलाई पूरा गर्दछ कि हामी कुनै अति-धनाढ्य व्यक्तिसँग कस्ताे किसिमकाे व्यवहार गर्ने अपेक्षा गर्छाैँ? हामी जीवन जिउने उही तरिकाहरूलाई पाउने/अपनाउने आकांक्षा राख्छाैँ र साथै हामी उनीसँग ईर्ष्या पनि गर्छाैं। जब तपाईं बलिउड स्टारका पत्नीहरूका शानदार जीवनमाथि आधारित ‘फ्याबुलस लाइफ्स अफ बलिउड वाइफ्स’ हेर्नुहुन्छ, तब गौरी खानका बारेमा ‘केटीहरूका‘ कुरा गर्ने शैलीहरूप्रति नाक र आँखीभाैं खुम्च्याउनु कुनै गाह्राे कुरा हाेइन। जस्ताे कि, उनकाे लामाे समयदेखिकाे संगिनी महीप कपूर भन्छिन्, ‘उनी यस्ती महिला हुन् जसले एक यस्ताे पुरुषसँग विवाह गरिन्, जाे एक मेगा- सुपरस्टार थिए/हुन्/छन् तर पनि कहिल्यै उसकाे छायां मुनि दबिइनन्।’
सम्मानमा अक्सर आक्रोशकाे विषकाे मात्रा पनि हुन्छ र यही हाम्रा सबभन्दा प्यारा स्टारहरूसँग हाम्रा सम्बन्धहरूका ताना-बाना पनि बन्न जान्छ। जसमध्ये केही, जस्ताे अमिताभ बच्चन, चुपचाप दर्शन दिने वा अप्रासंगिक रूपले ट्वीट गरेपश्चात् आफ्नाे बन्द ढाेकावाला ‘बुलबुला’ (शाब्दिक र रूपकीय रुपमा पनि) काे पछाडि लुक्नका लागि नै बाहिर आउने गर्छन्। तर शाहरुख़ले ‘बिल्लू’ (२००९) मा आममानिसहरूकाे यही फ्यान्टासीलाई अमर बनाइदिएका छन्।  उनले आफ्ना फ्यानहरूलाई ‘दर्शन दिने’ अंदाजलाई ‘फ्यान’ (२०१६) फिल्ममार्फत् सिनेमाकाे पर्दामा प्रस्तुत गरे र यसै वर्षकाे डिज्नी प्लस हटस्टार विज्ञापनमा यी सबै कुराकाे मजाक पनि उडाए जसबाट हामीलाई याे अभिनेताकाे चञ्चलतामाथि एकचाेटि फेरि आश्चर्य पनि भयाे।
शाहरुख़ ख़ान नै भारत थिए
शाहरुख़ ख़ान कहिल्यै ‘एक्सिडेन्टल स्टार’ (संयोगवश उदाएका कलाकार) थिएनन्/हाेइनन्। उनकाे स्टारडम यस्ताे छ जसलाई सोचविचार गरेर र शानदार ढंगले विकसित गरिएकाे छ। उनले सदैव आधुनिक बलिउडका सबैभन्दा प्रकाशमय स्टार अमिताभ बच्चनका विरुद्ध आफू स्वयंकाे क्षमतालाई मापन गर्दै यसलाई गढेका हुन्। उनले मानिसहरूलाई उनकाे स्व-घोषित सिनेमाई विरासतलाई याद दिलाउनका लागि प्रतिष्ठित फिल्महरूकाे रिमेकहरूमा काम पनि गरेका छन्, चाहे त्याे अमिताभ बच्चनकाे ‘डन’ (२००६) होस् वा दिलिप कुमारकाे ‘देवदास’ (२००२)।
उनका सबै समकालीन स्टारहरूमध्ये उनकाे बारेमा नै सर्वाधिक किताबहरू लेखिएका छन्, चाहे ती किताबहरू उनका सिनेमाहरूका विश्लेषण गरेर लेखिएका हुन् वा स्वयं उनकाे बारेमा लेखिएका हुन्, वा संसारभरिका महिलाहरूमा व्याप्त उनीप्रतिकाे आकर्षणका बारेमा लेखिएका हुन्। फिल्म ‘चक दे इण्डिया’ (२००७) मा उनकाे सहयोगी यस फिल्ममा शाहरुख़द्वारा निभाइएकाे क्यारेक्टरलाई भन्छन्,, ‘एक गलती त सबैको माफ हुन्छ‘। जवाफमा शाहरुख़ तिरस्कारले भरिएकाे मुस्कानका साथ भन्छन्,  ‘सबैकाे ?’ याे फिल्ममा, याे संवादकाे आशय के हाे भने भारतकाे सार्वजनिक जीवनमा एक मुस्लिमले अतिरिक्त सतर्क रहनुपर्छ। उनकाे वा उनकाे परिवारकाे दामनमा रत्तिभर पनि दाग हुनुहुँदैन/लाग्न दिनुहुँदैन।
शाहरुख़ले पहिले पनि बदलावकाे सामना गरिसकेका छन्। नब्बेकाे दशकमा, उनले हामीलाई बताए कि मन्दिर, मार्केट र मंडलकाे तीन ‘एम’ सँग कसरी डिल गर्ने? ‘प्रेम नै सबथाेक हाे’ आफ्नाे लागि, परिवारकाे लागि र देशकाे लागि प्रेम। अहिले सम्पूर्ण दुनिया संक्रमणकाे दौरमा छ, र एकातर्फ जहाँ फिल्म उद्योगमा पुराना निश्चितताहरू समाप्त हुँदै गइरहेका छन्, तर नयाँकाे जन्म हुन बाँकी नै छ। आफ्नाे महत्वाकांक्षी फिल्म ‘ज़ीरो’ (२०१८) काे असफलतापश्चात् शाहरुख़ले आत्म-निर्वासनका रूपमा एक वर्षकाे छुट्टी लिएका थिए, जो कोभिडका कारण लगाइएकाे लकडाउनकाे कारणले तीन वर्षकाे लामाे ब्रेकमा बदलियाे। उनी यशराज फिल्म्सकाे फिल्म ‘पठान’ बाट सुरु गरेर एटली कुमारकाे एक थ्रिलर मूभी (जसकाे बारेमा हल्ला छ कि याे फिल्म ‘मनी हेस्ट’ माथि आधारित छ) र राजकुमार हिरानीकाे इमिग्रेशन ड्रामा (प्रवासमाथि आधारित नाटक) माथि आधारित फिल्महरूकाे एक पूर्ण श्रृंखलाका साथ दर्शकहरूका मन एकचाेटि फेरि जित्ने तयारीमा थिए। उनकाे व्यक्तिगत जीवनमा आएकाे संकटसँग जुध्ने प्रयासहरूका कारण पहिलाे दुई फिल्मकाे शूटिङ बीचैमा राेकिएकाे छ। उनकाे एक साथी भन्छन्, ‘उनी भनिरहेका छन्, उनी कुनै मदत चाहँदैनन्। उनी उपलब्ध सबै कानुनी विकल्पहरूकाे सहारा लिँदैछन्।’
शाहरुख़ ख़ान ती संस्थानहरू र लोकाचारद्वारा उत्पन्न एक प्रोडक्ट (व्यक्ति) हुन् जसले भारतलाई एक गौरवशाली लोकतन्त्र बनाउँछ। यसकाे मिशनरी स्कूल जो समानतावादकाे पाठ सिकाउँछ। यसकाे अनुदान आधारित कलेज शिक्षा जो समावेशिता सिकाउँछ। यसकाे अव्यावसायिक रंगमंच जहाँ तपाईं कडा मेहनतकाे बदलामा अभिनय सिक्न सक्नुहुन्छ। याे एक यस्ताे संसार थियाे जसमा शिक्षाले तपाईंलाई विशेषाधिकारले भरिएकाे याे संसारमा प्रवेश दिलाउन सक्थ्याे अनि फेरि तपाईं आफ्नाे पछाडिको स‌ंसारकाे ढाेकालाई बन्द गर्न सक्नुहुन्थ्याे। नयाँ भारतमा तपाईंसँग यही ढाेकालाई खुल्ला राख्ने अपेक्षा गरिन्छ। यदि तपाईं यस्ताे गर्नुहुन्न भने कसैलाई पनि यसलाई नष्ट गर्नमा कुनै समस्या हुने छैन र यस्ताे गर्नका लागि ऊ हरेक कानुनी किताब, हरेक कानुन, हरेक नीतिनियमकाे प्रयाेग गर्न सक्छ।
कावेरी बामजाईकाे ‘दि प्रिन्ट हिन्दी’मा प्रकाशित लेखकाे नेपाली अनुवाद ।
अनुवादक: प्रभास
मा प्रकाशित