नेपालकै दोस्रो धेरै उपन्यास लेख्ने प्रियासन भन्छन्,–‘म सातदिनमै उपन्यास लेख्छु’

गणतन्त्र नेपाल समाचारदाता

१) साहित्यमा २० वर्षभन्दा बढी सक्रिय रही हालसम्म ११ वटा उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनज्यू, सर्वप्रथम तपाईंलाई हार्दिक बधाई दिन चाहन्छौं । तपाईंलाई अहिलेको तपाईँको साहित्यिक यात्राको मूल्यांकन कसरी गर्नुहुन्छ ?

–धन्यवाद । मेरो साहित्यिक यात्रा एक प्रकारको निरन्तर अभ्यास, समाजप्रतिको उत्तरदायित्व र कलमप्रतिको प्रतिबद्धताको परिणाम हो भन्न सकिन्छ । २०५८ सालतिरदेखि साहित्य लेख्न थालेको हुँ । शुरूमा कविताबाट सुरु भयो, त्यसपछि कथा, निबन्ध हुँदै उपन्यास लेखनमा गहिरिएँ । आज म जुन स्थानमा छु, त्यो कुनै आकस्मिकता होइन—समय, श्रम, अनुभव र समाजसँगको अन्तरक्रियाको उपज हो ।
२) नेपालमा सबैभन्दा धेरै उपन्यास प्रकाशित गर्ने दोस्रो उपन्यासकारको रुपमा तपाईं स्थापित हुनुभएको छ । यो यात्रालाई तपाईंले व्यक्तिगत र राष्ट्रिय सन्दर्भमा कसरी हेर्नुहुन्छ ?
–यो मेरो व्यक्तिगत तर्फबाट एउटा सन्तोषको विषय हो । तर यो केवल व्यक्तिगत गौरवको कुरा होइन, यो मोफसलबाट लेखन गर्ने हाम्रा लेखकहरूका लागि पनि एक प्रेरणाको विषय हो । राजधानी केन्द्रित साहित्यिक अभ्यासबीच मोफसलबाट लेखिएका कृतिहरू पनि पाठकको रोजाइमा पर्न सक्छन् भन्ने कुरा मैले प्रमाणित गर्न सकेको छु भन्ने लाग्छ ।
३) तपाईंको लेखनीले विविध विषय समेटेको पाइन्छ—‘कडी’, ‘ब्रेकअप डायरी’, ‘एयरहोस्टेस’, ‘पुनरागमन’ देखि ‘रोदनपछिको’ सम्म । यी उपन्यासहरूमा तपाईंले कुन–कुन सामाजिक पक्ष समेट्न खोज्नुभएको छ ?
–हरेक उपन्यासमा कुनै न कुनै सन्देश हुन्छ । जस्तो ‘कडी’ले वर्ग–विभाजन र सामाजिक अन्यायमाथि चोट गर्छ, ‘ब्रेकअप डायरी’ले युवाको मनोविज्ञान र आधुनिक प्रेमबारे चर्चा गर्छ । ‘एयरहोस्टेस’ जीवनशैली, पेशा र पारिवारिक द्वन्द्वमा केन्द्रित छ भने ‘पुनरागमन’ र ‘रोदनपछिको’ जस्ता कृतिहरूले जीवनको मूलभूत प्रश्नहरूसँग पाठकलाई जुधाउँछन् । म लेखनलाई केवल मनोरञ्जनको माध्यम होइन, सामाजिक चेतना अभिव्यक्त गर्ने अस्त्रको रुपमा प्रयोग गर्छु ।
४) तपाईंले सात दिनमै उपन्यास लेख्ने क्षमता राख्नुभएको छ भन्ने पनि चर्चा छ । यसलाई के रणनीति वा अभ्यासको नतिजा भन्न सकिन्छ ?
–सात दिनमै लेखिएको उपन्यास भन्नाले लेख्ने गति मात्र होइन, सोचको स्पष्टता, कथावस्तुको परिपक्वता र लेखकको मानसिक तयारी पनि महत्वपूर्ण हुन्छ । ‘लकडाउन लभ’ मैले सात दिनभित्र लेखेँ, किनभने कथावस्तु मनमा धेरै पहिलेदेखि पकिरहेको थियो । लगातार लेखन गर्ने बानी र विषयप्रतिको गहिरो संवेदनशीलता हुँदा यस्तो सम्भव हुन्छ । म लेख्न बस्दा मलाई मेरो वरपर के भैरहेको छ भन्ने कुराले कुनै असर गर्दैन । म कथा, कथाभित्रको पात्र अनि परिवेशमा केन्द्रीत बन्छु ।
५) साहित्यसँगै पत्रकारितामा पनि तपाईंको सक्रियता देखिन्छ । दुवै क्षेत्रमा कलम चलाउनु तपाईंका लागि चुनौतीपूर्ण हुन्छ कि पूरक ?
–मलाई लाग्छ पत्रकारिता र साहित्य पूरक हुन् । पत्रकारिता तत्कालीन यथार्थलाई उजागर गर्छ भने साहित्य त्यस यथार्थलाई गहिराइमा गएर व्याख्या गर्छ । मैले पत्रकारिता गर्दा प्राप्त अनुभवहरूले साहित्यमा विषयवस्तुको विविधता दिन्छ । अहिले नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवको जिम्मेवारीमा छु, तर त्यो जिम्मेवारीले पनि मलाई अझ बढी सामाजिक उत्तरदायित्वको बोध गराउँछ ।
६) तपाईंले राप्ती साहित्य परिषद्को महासचिवको रूपमा पनि काम गर्नुभएको थियो । त्यस भूमिकाले तपाईंको साहित्यिक यात्रामा के योगदान दियो ?
–राप्ती साहित्य परिषद्ले मलाई साहित्यिक नेतृत्वको जिम्मेवारी सिकायो । मोफसलका लेखकहरूलाई संगठित गर्न, गोष्ठी र कार्यशालाहरू चलाउन र नयाँ पुस्तालाई प्रेरित गर्न म त्यो समयमा अग्रसर थिएँ । त्यो संस्थागत अनुभवले मेरो विचारलाई परिष्कृत बनायो । साहित्य केवल सिर्जनाको कुरा होइन, समुदाय निर्माण र नेतृत्वको पनि कुरा हो भन्ने मैले त्यहीँ सिकेँ । म यहाँसम्म आउनुमा राप्ती साहित्य परिषद्को ठूलो देन छ । सुरुमा म परिषद्को केन्द्रीय सदस्य पनि भएको हुँ ।
७) साहित्यको क्षेत्रमा योगदानका लागि तपाईं राष्ट्रपतिबाट विभूषित हुनुभएको छ । यस्तो सम्मानले तपाईंलाई कस्तो अनुभूति भयो ?
–राष्ट्रपतिबाट सम्मान पाउनु भनेको केवल व्यक्तिगत गर्वको कुरा होइन । त्यो सम्पूर्ण मोफसल साहित्यकारहरूको मान्यता हो । म यो सम्मानलाई मेरो लेखनीप्रतिको समाजको विश्वासको प्रतीक मान्छु । यसले थप लेख्न, अझ जिम्मेवारीपूर्वक समाजसँग संवाद गर्न प्रेरित गर्यो ।
८) दाङमा रहेको त्रिभुवन नगर जेसीजले तपाईंलाई पहिलो उत्कृष्ट युवा पुरस्कार दिएको थियो । यसले तपाईको यात्रामा कस्तो प्रभाव पा¥यो ?
–निश्चय पनि । त्यो मेरो जीवनको प्रारम्भिक सफलतामध्ये एक हो । जेसीजको म आजसम्म सदस्य भएको छैन । आफु नजोडिएको संस्थाले आफै मूल्यांकन गरेर त्यो पनि पहिलो पुरस्कार दिएपछि मलाई यसले समाजमा स्थापित हुन थप सहज बनायो । सामाजिक मान्यता र प्रोत्साहनले लेखकको आत्मविश्वास बढाउँछ । त्यसपछि मैले लेखनलाई केवल व्यक्तिगत रुचिको कुरा होइन, सामाजिक रूपान्तरणको साधनको रूपमा हेर्न थालेँ ।
९) तपाईंका कथा संग्रह र लेखसंग्रह पनि प्रकाशित छन् । ती कृतिहरूको भावभूमिबारे केही बताइदिनु होस ।
–ती कृतिहरूमा म दैनिक जीवनका अनुभव, समाजका विविध पक्ष, राजनीति, शिक्षा, युवाहरूको मनोविज्ञान लगायतका विषयहरू समेट्ने प्रयास गर्छु । लेख र पत्रिकाको सम्पादकीय संग्रहहरूमा पत्रकारिताको अनुभव मिसिएको छ भने कथा संग्रहमा संवेदनात्मक पक्ष बलियो देख्न सकिन्छ । म हरेक लेखनमार्फत पाठकको सोचमा केही सकारात्मक परिवर्तन ल्याउन चाहन्छु ।
१०) तपाईंको रचनाहरू विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकामा छापिएका छन् । यसले तपाईंलाई कस्तो पाठक वर्ग बनाएको अनुभव छ ?
–म विविध पाठक वर्गसँग जोडिएको छु । युवाहरू, साहित्यप्रेमीहरू, अध्यापकहरू, पत्रकारहरू, महिला पाठकहरू—सबैसँग मेरो संवाद कायम छ । म विशेषतः आम मानिसका कुरा लेख्न चाहन्छु, त्यसैले मेरो पाठ

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID