मनाेज कुमारकाे बकपत्र

कलाकार विशेष

प्रभाष

१. म किन सेक्युलर हूँ?

देशकाे विभाजनपश्चात् भएकाे हिँसामा मेराे परिवारका साठी जना सदस्यहरु मारिए। हामी लाहाैरदेखि भागेर लुक्दैछिप्दै दिल्लीकाे शरणार्थी क्याम्पहरुमा आश्रय लिन आइपुग्याैं।

जब मेराे पिताले मेराे काकाकाे मृत्युकाे खबर सुन्नुभयाे, उहाँ आफ्नाे शीर भित्तामा ठाेक्काउँदै रुनुभयाे।

तर भाेलिपल्ट बिहान चार बजे उहाँले मलाई झण्डावन्दनकाे लागि लाल किल्ला लिएर जानुभयाे।

त्यसपछि उहाँले मलाई जामा मस्जिद लिएर जानुभयाे र भन्नुभयाे, ‘यहाँ हाम्रा मुसलमान भाईहरु प्रार्थना गर्छन्।’

लेखक सलिम खान मेराे सबैभन्दा निकटतम मित्र हाे। उनलाई हिन्दु धर्मकाे बारेमा म भन्दा बढी ज्ञान छ। मेराे ड्राइभर रहिम मियाँ ४७ बर्षदेखि म सँग छन्।

२. दिलिप कुमार किन मेराे हिराे हाे?

मैले १० बर्षकाे उमेरमा दिलिप कुमारकाे फिल्म ‘जुगनू’ हेरेकाे थिए। उक्त फिल्ममा उहाँले सूरज नामक व्यक्तिकाे चरित्र निभाउनुभएकाे थियाे जाे अन्त्यमा मर्छ।

केही महिनापश्चात् मैले फिल्म ‘शहीद’ काे पाेस्टरहरुमा उहाँलाई फेरि देखे। मैले मेराे काकालाई साेधे, ‘याे त सूरज हाे। याे कसरी जिउँदाे भयाे?’

उहाँले मलाई ‘अभिनेता के हाे र उसकाे काम के हुन्छ?’ भन्नेबारे सम्झाउनुभयाे। मैले एक राम्राे कलाकारकाे राम्राे फिल्म हेरेर आफैलाई भाग्यमानी ठाने।

म दुईवटा उद्देश्य लिएर बम्बई आएकाे थिए। पहिलाे उद्देश्य, फिल्ममा हिराे बन्नु र दाेस्राे उद्देश्य तीन लाख पैसा कमाउनु। एक लाख मेराे लागि, एक लाख मातापिताको लागि र एक लाख मेरा भाइबहिनीहरुका लागि।

३. म किन भावुक छु?

मैले सन् १९५६ मा दिउँसाे २ बजे प्रकाश स्टुडियोमा आफ्नो पहिलाे अडिशन दिए। मैले त्याे रिललाई अहिलेसम्म सम्हालेर राखेकाे छु। मलाई लाग्दैन कि सँसारकाे अरु कुनै पनि अभिनेताले आफ्नो स्क्रिन टेस्ट सम्हालेर राखेकाे हाेला। याे कुरा गिनिज बुकमा दर्ज गर्न लायक छ।

डिसेम्बर १९६१ मा मैले आफ्नो प्रेमिका शशिसँग विवाह गरे। तर याे डेटलाई म धेरै महत्त्व दिन्न। मेराे लागि जून ६, १९५४ काे दिन धेरै महत्त्वपूर्ण छ जब म उनीसँग पहिलोपल्ट भेटेकाे थिए। मैले कहिल्यै उनकाे विश्वास ताेडिन जबकि मेराे राडारमा थुप्रै सुन्दर महिलाहरु हुन्थे।

४. म किन फिल्मफेयरकाे सम्मान गर्छु?

म ती तरिकाहरुकाे प्रशँसा गर्छु, जसरी फिल्मफेयर र यसकाे तत्कालीन सम्पादक श्री एल.पी.राव नयाँ प्रतिभाहरुलाई प्राेत्साहन गर्थे। उनी फाेटाेग्राफरहरुसँग हाम्राे फाेटाे खिच्न भन्थे। धर्मेन्द्र, शशि कपूर र मलाई ‘थ्री मस्केटियर्स’ काे नामले चिनिन्थ्याे। जब हामी कुनै फिल्ममा राेल छ भन्ने थाहा पाउथ्याै, तब हामी तीनजना तुरुन्त त्यहाँ पुग्थ्याैं। शशि एक कपूर थिए, तर उनले कहिले पनि कपुर जस्ताे व्यवहार गरेनन्। आफ्नाे रुतवाकाे प्रदर्शन गरेनन्। धरम (धर्मेन्द्र) ‘फिल्मफेयर ट्यालेन्ट कन्टेस्ट’ काे विजेता थिए। तर हामी एकअर्कासँग जल्दैनथ्याैं।

५. मैले किन लेख्न सुरु गरे?

रणजीत स्टुडियोजकाे सामुन्ने ‘शानबाग रेस्टुरेन्ट’ थियाे। त्यहाँ हाम्राे खाता चल्थ्याे। तर तिर्नुकाे लागि आम्दानी कहाँ थियाे र?

एकदिन जब म त्यहाँ बसिरहेको थिए, त्यहीबेला अभिनेता एम.राजन आए र भने, ‘दादामुनि (अशाेक कुमार) ले सिनकाे लागि ‘नाे’ भने। हामीलाई ‘जमिन आसमान’ काे लागि एकजना लेखक चाहियाे।’

मैले उनलाई भने, ‘म लेख्छु नि त त्याे सिन।’

मैले सिन लेखेर दिए। दादामुनिलाई सिन मनपर्‍याे। राजनले टाेकनकाे रुपमा मलाई एघार रुपैयाँ दिए। यसरी, मलाई हरेक हप्ता चार-पाँचवटा सिन लेख्ने काम मिल्न थाल्याे। यसबाट मेराे, धरमकाे र हाम्राे ग्याङकाे चिया, सिगरेट र ट्याक्सीकाे खर्च निक्लिन थाल्याे।

राज खाेसला किन मेराे गुरु हाे?

हामी शिमलामा फिल्म ‘वाे काैन थी’ काे शूटिङ गरिरहेका थियौं। म फिल्मकाे पटकथादेखि परेशान थिए। मैले बाह्रवटा दृष्यलाई पुर्नलेखन गरे।

निर्देशक राज खाेसलाले फिल्मकाे पटकथालाई आगाेमा हालिदिए र टिमसँग भने, ‘याे फिल्मलाई अब पण्डित मनाेज कुमारले लेख्नेछन्।’

त्याे पहिलो फिल्म थियाे, जुन कट-टू-कट शूट भयाे, न कुनै फेड इन, न कुनै फेड आउट, न कुनै डिजल्भ। यसबाट मेराे उत्साह पनि बढ्याे कि देव आनन्द र गुरु दत्तसँग काम गरिसकेको व्यक्तिलाई मेराे काम मनपर्‍याे। राज मलाई ‘आधा चेला, आधा गुरु’ भन्थे। हामीले एकअर्कासँग धेरै कुरा सिक्याैं।

फिल्मफेयर, जून २०११ बाट

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID