
गढवा, २५ साउन । नागपञ्चमी अर्थात् यादव समुदायको गुडिया पर्व । यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ नागको पुजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो यस दिन आठ प्रकारको अष्ट नागको पुजा गर्ने गरीन्छ। तर दाङ देउखुरीका यादव समुदायले नागपञ्चमी गुडिया पर्व बिशेष किसिमले मनाउने गरेको यादव समुदायका जानकारहरु बताउछन् ।
नागपञ्चमी अर्थात् गुडिया पर्वको पुजा सामाग्री आफ्नो पैसाले किन्न नमिल्ने भएर गाउटोल बाट भिक्षा मागेर पुर्जाका सामाग्री किन्ने प्रचलन रहेको छ। यसो गर्नाले नाग देवता खुसी हुने जनबिस्वास रहि आएको छ। नागपञ्चमी गुडियाको दिन यादव समुदायका गाउभरीका महिलाहरु एक ठाउँमा जम्मा भएर नाग, बिच्छी गोजर लगाएतको आकार बनाई पुजाआज गर्ने चलन रहेको यादव समुदायका जानकारहरु बताउछन् । यादव समुदायले गुडियाको दिन सनातन धर्मावलम्बीले आआफ्नो घरको मूल ढोकामा नाग टाँस्छन् । नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबर र गहुको पिठोको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, रङ्गीविरङ्गी फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गर्नाले, टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वास रहि आएको छ।
गुडियाको दिन यादव समुदायले आफ्ना छोरी चेली लाई घुघुरी दिने प्रचलन समेत रहेको छ। घुघुरी को मतलव चेलीबेटी लाई दक्षिणाको रुपमा दिइने गरीन्छ । र गुडियाको निम्तोदिन घरमै पुग्नु पर्ने हुन्छ। दिदि बहुनी फुपुहरुलाई घुघुरी दिन जाँदा दाई भाई बुवा भतिजो लाई अंगालो हालेर रुने चलन त अनौठो नै मानिन्छ। पछिल्लो समयमा कला संस्कृतिमा बिकृति भित्रिएपछी यादव समुदायमा यो प्रचलन भने आज सम्म जिबितै रहेको पाईन्छ ।
कला संस्कृतिलाई लोप हुन नदिन गढवा गाउँपालिकाले हरेक बर्ष नागपञ्चमी अर्थात् गुडियाको दिन सार्वजनिक बिदा समेत दिने गरेको छ। अवधी समाज बिशेष गरी गढवा गाउँपालिका यादव समुदायले नागपञ्चमी गुडिया पर्वलाई आफ्नौ मौलिक रुपमा मान्दैन आएको र आज सम्म पनि कुनै बदवाल नभएको/ठुलो पर्वको रुपमा रहेकोले गुडियाको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिन थालेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भयो ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल अवधी संस्कृतिक संरक्षण प्रतिष्ठान केन्द्रीय कार्यालय गढवाको आयोजनामा गढवा-५ खज्रौटामा भएको नागपञ्चमी (गुडिया) तथा ५२७औ तुलसी जयन्तीको अवसरमा आयोजना भएको सांस्कृतिक तथा सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो।
अवधी मौलिक परम्परालाई बचाइराख्न यादव समुदायले गरेको प्रयास उदाहरणीय भएको बताउदै अवधी भाषीको नृत्य, गित भेषभुसाको संरक्षण गर्न स्थानीय सरकार सदैव साथमा रहने बताउनुभयो। अन्य समुदायको सास्कृतिक कार्यक्रममा मौलिक पानाको एकदमै अभाव देखिने गरेको बताउदै अवधी संस्कृतिक संरक्षण प्रतिष्ठानले आफ्नो समुदायको संस्कृति जगेर्ना गर्न गरेको प्रयास उच्चतम् भएको बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले महिला दिदिबहिनीहरुले प्रस्तुत गरिएको गित सतप्रतिशत मौलिक भएको भन्दै तारिफ समेत गर्नु भयो।आजको मौलिकपन लाई आउने पुस्तालाई जस्ताको त्यस्तै हस्तान्तरण गर्न सके अवधी संस्कृतिक संरक्षणमा ठुलो योगदान पुग्ने बताउनुभयो।
प्रतिष्ठानका अध्यक्ष राम गोपाल यादवको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट अतिथित्यमा सम्पन्न भएको छ।
त्यसैगरी सोही कार्यक्रममा अवधी भाषाको गित र पहिरनको माध्यमले लोक संस्कृतिको संरक्षण गरेको भन्दै कोहलपुर नगरपालिका वडा नम्बर १५ अकलघरवा बाँके निवासी बिमला कुमारी यादव र नेपालगंज ५ बांकेका बिष्णु लाल कुमाल लाई सम्मान गरेको छ ।गढवा गाउँपालिका वडा नम्बर ३ कोठरी निवासी अमृतलाल, रामलाल, प्रेम लाल र मोहनलाल यादवले स्थापना गर्नु भएको स्व. रामहेत नारायणी अहिर स्मृति सांस्कृतिक पुरस्कार बाट सम्मानित हुनु भएको छ। यादव समाजलाई सधै सही दिशा निर्देश गर्ने सल्लाह सुझाव दिएको भन्दै जेष्ठ नागरिक कोटेश्वर यादव र पार्वता अहिर लाई सम्मान गरेको छ। त्यसैगरी कला संस्कृति र परम्पराको संरक्षणमा सांस्कृतिक कार्यक्रम मार्फत समाजलाई योगदान गरेको भन्दै मिन्तीराम यादव, मैनावती यादव, मिन्तीराम यादव, सुन्दरकली यादव, हिरामणी यादवलाई सम्मान गरेको छ।
कार्यक्रमको सञ्चालन नेपाल अवधी संस्कृतिक संरक्षण प्रतिष्ठान केन्द्रीय समितिको उपाध्यक्ष गिता यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रतिष्ठानकी कोषाध्यक्ष राम कुमारी यादवले गर्नु भएको थियो ।






