गढवा गाउँपालिकाले मनाईयो ११४औं अन्तर्राष्ट्रिय महिला दिवस,

खेलकुद प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण 

आलोक भावुक

गढवा, २४ फागुन। महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरु गरी मनाएको छ।

गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य तथा कार्यापालिका सदस्य चन्द्रा केसीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा ३ नम्बर वडाका वडाध्यक्ष तुल्सीराम अधिकारी, ५ नम्वर वडाअध्यक्ष लेख बहादुरथापा र ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीको बिशिस्ट आतिथ्यमा ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ।

गढवा गाउँपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुका लागि खेलकुद प्रतियोगिताको आयोजना समेत गरेको थियो। मैत्रिपुर्ण फुटबल प्रतियोगिता, तातो आलु खेल र घैंटा फोड्ने खेलको आयोजना समेत गरेको थियो। बिहिवार गढवा – ६ आंटिपाकरको खेलमैदानमा सम्पन्न खेल प्रतियोगितामा बिजेता समूहहरु लाई आज शुक्रबार पुरस्कार वितरण गरिएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले

महिला दिवस एक दिवश मात्र नभएर पर्व जस्तै भएको बताउनुभयो। अन्तर्राष्ट्रिय महिला दिवस नारामा मात्र सीमित भए कुनै औचित्य नरहने भन्दै महिला माथि हुने दमन अत्याचार महिला हिंसाका घटना शुन्य गर्न सबैले आ आफ्नो ठाउबाट सहयोग गर्नु पर्ने बताउनुभयो। पछिल्लो समय महिलाहरु महिला बाटै हिंसाका सिकार हुने गरेको बताउदै महिलाहरु सचेत भई हिंसा गर्न र सहन नहुने बताउनु भयो।

त्यसैगरी कार्यक्रम बोल्दै विशिष्ट अतिथि तथा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले ११४औं अन्तर्राष्ट्रिय दिवस मनाई रहदा महिला दिवश उपलब्धि मुलक हुनु पर्ने बताउनुभयो । दिनप्रतिदिन आत्महत्याका घटनाहरु बढ्नु दुखद बिषय भएको बताउदै वडाध्यक्ष थापाले घर घरमा महिला माथी हुने हिंसाको अन्त्य आवश्यक रहेको बताउनुभयो। स्थानीय निकाय बाट प्रत्येक बर्ष आयोजना हुने महिला दिवस समाजमा हुने बिकृती अन्तय हुने गरी साथै उत्पादनमा जोड दिने खालको हुनु पर्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रम बोल्दै बिशिस्ट अतिथी तथा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले पछिल्लो अवस्थामा महिला संगै पुरुष पनि महिला बाटै पिडित भएको तथ्याङ्कले देखाएको बताउनुभयो। वर्तमान अवस्थामा ७५ प्रतिशत पुरुष आत्महत्या गर्न बाध्य भएको बताउदै प्रहरी निरीक्षक वलीले पुरुष आत्महत्याको कारण बुझ्न आवश्यक रहेको बताउनुभयो। महिला महिला बाटै बढी पिडित भएको बताउदै घर घरमा महिलाहरु सक्षम हुनुपर्ने बताउनुभयो।

 

मैत्रिपुर्ण फुटबल प्रतियोगिता, तातो आलु खेल र घैंटा फोर खेलमा बिजेता हुनु भएकाहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो।

बिहिवार भएको मैत्रीपूर्ण खेलमा गढवा गाउँपालिकाका नेपाल शिक्षक महासंघका शिक्षकहरुको समूह र गढवा गाउँपालिका कर्मचारी तथा जनप्रतिनिधि बिच भएको फुटबल खेलमा जनप्रतिनिधि तथा कर्मचारीहरुको समूह पेनाल्टी सुटआउटमा जित हांसिल गरेको थियो । त्यसैगरी तातो आलु खेलमा चित्रा पुन(प्रतिक्षा) प्रथम, प्रतिमा के के द्वितीय, सरस्वती अर्याल तृतीय र राम कुमारी यादव सान्त्वना स्थान हांसिल गर्न सफल हुनु भएको छ। त्यसैगरी घैंटा फोर खेलमा सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका शिक्षिका सिता यादव जित्न सफल हुनुभएको थियो। बिजेताहरुलाई नगद, सिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयको प्राङगणमा भएको समापन कार्यक्रममा वडा सदस्यहरु आशाराम चौधरी, प्रमिला नेपाली त्यसैगरी शिक्षिकाहरु सिता यादव, राधा गौतम, रेश्मा योगी लगायतकाले बोल्नु भएको थियो ।

गढवा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख द्रौपदा सुबेदीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी हुनु भएको थियो । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरेका थिए। महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ । जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गर्नुभएको थियो। जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन आजपनि कायमै छ

मा प्रकाशित