देउखुरी डान्सिङ् स्टार सिजन पाँच फागुन १९ गते लमही हुने

गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, १३ फागुन । देउखुरी स्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन पाँचको फाइनल कार्यक्रममा चर्चित पप गायिक एञ्जिला रेग्मी आउने भएकी छिन् । सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि–टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरी स्तरीय देउखुरी डान्सिङ् स्टार सिजन पाँच लमहीमा सुरु भएको थियो । उक्त कार्यक्रम यही फागुन १९ गते समापन हुदैँछ ।

पहिलो चरणको कार्यक्रममा दुइसय जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यसमध्य दोस्रो चरणको लागि एकसय विसजना छनोट भइ फाइनलमा पन्ध्रजना प्रतियोगीहरु प्रवेश गरेको डि–टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिनुभयो । कार्यक्रममा निर्णायकको रुपमा लोकेन्द्र शाह ,आर.के मौर्या र सबिना ठकुरी रहने छन् ।

फाइनल कार्यक्रम लमहीको सार्वजनिक बगैँचामा फागुन १९ गते शनिवार हुने भएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क एकसय रुपैँया कायम गरिएको डि–टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिनुभयो । सोही दिन विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने उनले बताए।

फाइनल कार्यक्रममा प्रथम प्रतियोगीलाई नगद रु पचाँस हजार, दितृय प्रतियोगीलाई नगद रु तिस हजार र तृतिय प्रतियोगीलाई नगद रु विस हजार पुस्कारको साथमा अन्य प्रतियोगीहरुलाई प्रमाणपत्र सहित सम्मानित गरिने यस कार्यक्रमका संयोजक सुरेश पन्थीले जानकारी दिए ।

मा प्रकाशित