घाेराही बनाओैं अभियानले सडककाे काम छिटाे गर्न तीन तहकै सरकारलाई ज्ञापनपत्र बुझाउने

सविन प्रियासन

घाेराही, २५ पुस । घाेराही बनाओैं अभियानले नगर क्षेत्रभित्र पर्ने सडकहरूकाे स्तरउन्नतिकाे काम समयमै गराउन दबाव दिन तीन ओटै तहका सरकारलाई ज्ञापनपत्र बुझाउने भएकाे छ ।

नगरक्षेत्रभित्र पर्ने विभिन्न सडकहरूकाे स्थलगत अनुगमन पश्चात् अभियानका संयाेजक सविन प्रियासनले संघीय, प्रदेश र स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउने जानकारी दिनुभयाे ।

घाेराही-तुलसीपुर सडक, दामोदर मार्ग र अन्य ठूप्रै स्थानीय सडकहरू अहिले अलपत्र अवस्थामा छन् । ती सडकहरूमा तुरुन्त प्रयाप्त बजेट सुनिश्चित गरेर निर्माणकाे काम थालनी गर्नुपर्ने प्रियासनले बताउनुभयो ।

‘घाेराही विभिन्न सम्भावना बाेकेकाे क्षेत्र भएपनि पूर्वाधार निर्माणकाे काममा ढिलाइ हुँदा निकै पछाडि परेकाे छ,’ उहाँले भन्नुभयाे, ‘घाेराही जिल्लाकाे केन्द्र भएकाले यहाँको विकासले कुनै न कुनै रूपमा अन्य पालिकाहरूलाई पनि फाइदा गर्छ ।’

मा प्रकाशित