‘१२वीँ फेल’ किन एक सतही फिल्म हाे?

सिनेमा चर्चा

प्रभाष

अहिले विधु विनाेद चाेपडाद्वारा निर्मित एवं निर्दैशित फिल्म ‘१२वीँ फेल’ काे खूबै चर्चा भइरहेको छ। याे फिल्मले बक्स-अफिसमा ठीकठाक व्यापार गर्‍याे तर लागत कम भएकाे कारणले याे फिल्मलाई हिट घाेषित गरियाे। समाजकाे एक खास वर्ग (जाे बहुसंख्यक छ) ले याे फिल्मकाे खुब प्रशंसा गरिरहेकाे छ भने अर्काे वर्ग पनि छ (जाे अल्पसंख्यक छ) जसले याे फिल्मकाे आलाेचना गरिरहेकाे छ। त्यसैले प्रशँसामात्र हाेइन, विभिन्न काेणहरुबाट याे फिल्मकाे आलोचना पनि भइरहेको छ (जसलाई क्रमशः म राख्दै जानेछु)।

सबैले प्रशंसा गरेकाे देखेर मैले पनि याे फिल्म ‘१२वीँ फेल’ हेरे। फिल्म हेरिसकेपछि मैले याे फिल्मलाई त्याे standard काे पाइन जुन यसकाे प्रशँसामा सुनिएकाे थियाे। यसकाे रिव्युहरुमा लेखिएभन्दा फरक पाए मैले याे फिल्म। मेराे विचारमा ‘१२वीँ फेल’ एक mediocre film हाे। याे एक सतही फिल्म हाे। यसमा गहिराइ छैन। यसमा आवश्यक कुराहरुमाथि प्रकाश नै पारिएकाे छैन। जति प्रकाश पारिएकाे छ, त्यसले थप प्रश्नहरु खडा गरेकाे छ। अर्थात् यसकाे ‘भिजन’ कमजाेर छ। यसले पात्रकाे कथाकाे कैयौं महत्वपूर्ण पाटाेलाई miss गरेकाे छ अर्थात् यसकाे निर्दैशन पनि कमजाेर छ।

म याे लेखमा ‘१२वीँ फेल’ काे धेरै गहिराे मीमांसा गर्न चाहन्न। अहिलेलाई म सतहकाे मात्र कुरा गर्छु। मेराे दृष्टिमा ‘१२वीँ फेल’ किन एक सतही फिल्म हाे? त्यसका कारणबारे बताउन चाहन्छु।

‘१२वीं फेल’ एक सतही फिल्म हाे किनभने ‘१२वीँ फेल’ मा असुहाउदिला कुराहरु धेरै छन्। यसमा डि.एस.पीले मनाेज कुमार शर्मा र उनकाे दाइलाई मध्यरातमा आएर उद्धार गर्छ। नचिनेकाे हाेटेलेले उनलाई सित्तैमा खाना दिन्छ। अर्काे अन्जान व्यक्ति (प्रितम पाण्डे) ले उनलाई साथी बनाएर आफुसँगै दिल्ली लैजान्छ, खानु-बस्नु दिन्छ र लाेकसेवासँग परिचय गराउछ। दिल्लीकाे महँगाे काेचिङ सेन्टरकाे दैलाेसम्म पुर्‍याउछ। बहालवाला आइ.पि.एस अफिसरले मध्यरातमा आफ्नाे ड्राइङ रुममा उनलाई लाेकसेवा परीक्षाबारे ज्ञान दिन्छ, जसकाे क्वाटर वा घरभित्र उनी सजिलै घुस्छन्। (के कुनै ऐरे-गैरेका लागि त्यति सजिलाे छ र कुनै आइ.पि.एस अफिसरकाे क्वाटर वा घरभित्र घुस्नलाई जसरी मनाेज शर्मालाई याे फिल्ममा दुई-दुई पटक घुसेकाे देखाइएकाे छ।)

तेस्राे अन्जान व्यक्ति (गाैरी भैया) ले आफ्नाे काेठा खाली गरेर उनलाई बस्ने र पढ्ने व्यवस्था गर्छ। त्यतिमात्र हाेइन, उसलाई उनकाे लाेकसेवाकाल सम्मका लागि निशुल्क खाना दिन्छ र एकजना नाेकर पनि उपलब्ध गराउँछ, निशुल्क साथै उनकाे घरमा नियमित पैसा पनि पठाइदिन्छ। यतिका सँयाेगहरु?

के कुनै आम लाेकसेवा अभ्यार्थीकाे जीवनमा यतिका सँयाेगहरु घटित हुन सम्भव छ? कमन सेन्स लगाएर भन्ने हाे भने पक्कै पनि सम्भव छैन। यसका बावजूद यदि सम्भव भयाे भने त्याे अभ्यार्थी असाध्यै भाग्यमानी हुनुपर्छ। तर औसत आमअभ्यार्थी यतिसाह्राे भाग्यमानी त हुँदैन।

अनि, यतिका सँयाेगहरु देख्दा त ‘१२वी फेल’ सङ्घर्षकाे हाेइन, सँयाेगकाे कथा झै लाग्छ। याे मेहनतकाे कथा कम, भाग्यकाे कथा ज्यादा लाग्छ। मेहनतीकाे कथा कम, भागयमानीकाे कथा ज्यादा लाग्छ। यस्तो भाग्यमानीकाे कथा जाे लाखाैं अभ्यार्थीमा एकजना हाेला/ हुन सक्छ वा नहुन पनि सक्छ। हुन्छ नै भन्ने ग्यारेन्टी छैन।

वास्तविक जीवनमा कसैलाई काेठामा राखेर खान, बस्न, सुत्न र पढ्न दिन काेही प्रितम पाण्डे वा गाैरी भैया दिल्लीमा डेरा जमाएर बसेकाे छैन। त्यस्ता प्रितम पाण्डे वा गाैरी भैयालाई भेटिने अथवा मनाेज पाण्डेले जुन सपाेर्ट सिस्टम पाएकाे थियाे, त्यस्ताे सपाेर्ट सिस्टम आफुले पनि पाउने आशामा काेही अभ्यार्थी दिल्ली आएमा उनले कुकुरले पनि नपाएको दु:ख पाउने निश्चित छ। त्यस्ता प्रितम पाण्डे वा गाैरी भैयाकाे खाेजीमा लागेमा लाेकसेवा अभ्यार्थीकाे लाेकसेवा दिने समय सिद्धिएला, उमेर कट्ला तर प्रितम पाण्डे वा गाैरी भैयालाई भेट्ने छैनन्। यस्ताे अवस्था छ। (अपवादकाे कुरा अलग हाे।)

रियल लाइफमा गाउँदेखि आउने ‘मनाेज शर्माहरु’ काे सेवा गर्न र पुण्य कमाउन भनेर दिल्लीमा काेही पनि बसेकाे छैन। न काेही प्रितम पाण्डे, न काेही गाैरी भैया। न त उनलाई सिकाउन मध्यरातमा काेही बहालवाला आइ.पि.एस अफिसर जागेर बसेकाे छ, जसकाे घरमा ऊ कुदेर घुसाेस् तर पनि उसले उनलाई आफ्नाे ड्राइङ रुममा टेबल-कुर्सीमा बसाएर UPSC वा IPS काे exam crack गर्ने technic सिकाओस्। अपवादबाहेक याे केवल सिनेमामा मात्र हुन सक्छ। अपवाद मूलधार हाेइन। सँयाेगमात्र हाे र सँयाेग कसै-कसैकाे जीवनमा एकाध पटकमात्र हुन्छ। उनीहरुकाे जीवनमा मनाेज शर्माकाे जीवनमा जसरी सँयाेग बर्सिनेवाला छैन।

त्यसैले, ‘१२वी फेल’ ले बहुसंख्यक अभ्यार्थीहरुकाे प्रतिनिधित्व गर्दैन। यसकाे कथासँग बहुसंख्यक लाेकसेवा अभ्यार्थीले रिलेट नै गर्दैनन्। उनीहरुलाई मनाेज शर्माकाे याे कथा एउटा दन्त्यकथा वा परिकथा जस्ताे लाग्छ जुन उनीहरुकाे जीवनमा घटित हुन असम्भव छ। ०.०००००१% अभ्यार्थीले मात्र यसकाे कथासँग रिलेट गर्लान्।

जुन कथा र पात्रले बहुसंख्यककाे जीवनसँग रिलेट गर्दैन, जुन कुरा उनीहरुमध्ये औसतले आफ्नाे जीवनमा लागु गर्न सक्दैनन्, जसकाे जीवनमा त्याे पात्रकाे जीवनमा घटेजस्तै सँयाेगहरु घट्दैन/घट्नै सक्दैन। जसलाई लागु गर्न सक्ने विरलकाेटीका (हजाराैं वा लाखाैंमा एक) छन् भने त्यस्ताे कथालाई कुन आधारमा प्रेरणादायी भन्ने?

मेराे परिभाषामा प्रेरणादायी भनेकाे त्याे कुरा हाे जसलाई आमदर्शकले पनि वास्तविक जीवनमा दाेहाेर्‍याउन सकाेस्। सिनेमाकाे पात्रले जसरी उसले पनि त्याे कुरा/उपलब्धिलाई अचिव गर्न सम्भव हाेस्। सम्भव हुन सक्ने कुरालाई, अचिव गर्न सक्ने कुरालाई अचिव गर्न प्रेरित गर्ने सिनेमा चाहिँ प्रेरणादायी सिनेमा हाे मेराे नजरमा। स्पष्ट छ, ‘१२वीँ फेल’ त्यस्ताे सिनेमा हाेइन।

अब कुनै सिनेमाले चन्द्रमालाई छाेएकाे देखाउँछ अनि हामी त्यसलाई ‘वाह, क्या सिनेमा छ’ भन्छाैं भने त्यसमा कुनै तुक छ? जुन कुरा उनीहरुकाे जीवनमा घट्न सम्भव नै छैन त्यसलाई कुन आधारमा प्रेरणादायी सिनेमा भन्ने? प्रश्न यहाँनेर छ।

वास्तविक कथा भन्दै ‘सिनेम्याटिक लिबर्टी’ लिएर यतिका असम्भव जस्ता लाग्ने घटनाहरु/सँयाेगहरु'(???) कथाभित्र घुसाउदा ‘१२वीँ फेल’ काे कथा लगभग अवास्तविक र फिल्मी बन्न पुगेकाे छ। फलतः बहुतै सतही बन्न पुगेकाे छ याे फिल्म जसमा कुनै गहिराइ नै छैन।

तथापि धेरैलाई याे फिल्म मन परेकाे कुरालाई पनि अस्वीकार गर्न सकिन्न। याे पनि सत्य नै हाे र यसमा कुनै आश्चर्य पनि छैन किनभने ‘सुगरकाेटेड’ चीजहरु धेरैलाई मीठै लाग्छ। किनभने त्यसले स्वाद मीठाे दिन्छ तर वास्तविक कथामा बनेकाे दाबी गरिएकाे फिल्ममा भने यथार्थकाे पुट, गहिराइ, स्वभाविकता र विश्वासनीयता हुनैपर्छ।

यदि वास्तविक कथामाथि बनेकाे भनिएकाे फिल्ममा पनि बढी मात्रामा ‘सिनेम्याटिक लिबर्टी’ लिइन्छ अनि घटनाक्रमहरुलाई जाेड्न वा फैलाउन ‘सँयाेगहरु’ (जसलाई फिल्मकाे भाषामा ‘deus ex machina’ भनिन्छ) काे बढी प्रयाेग गरिन्छ, तर्क (logic) कम हुन्छन् र प्रश्नहरु बढी उठ्छन् भने त्यस्ताे फिल्म स्वत: नाटकीय र कृत्रिम बन्न पुग्छ। त्याे प्राकृतिक वा स्वभाविक लाग्दैन।

अनि, यदि सत्य घटनामाथि बनेकाे फिल्म पनि प्राकृतिक वा स्वभाविक लागेन भने त्याे कला (आर्ट) फेल भएकाे मान्नुपर्छ। तथापि, त्याे फिल्मले गजबकाे व्यापार गर्न सक्छ। त्याे व्यावसायिक रुपमा सफल फिल्ममा दरिन सक्छ। तर त्याे छुट्टै कुरा हाे। कलाकाे कुरा छुट्टै हाे र व्यापारकाे कुरा छुट्टै हाे। निष्कर्ष, ‘१२वीं फेल’ एक सतही फिल्म हाे जसमा कुनै गहिराइ नै छैन।

मा प्रकाशित