बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको २९औ वार्षिकोत्सव सम्पन्न 

आलोक भावुक

गढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव आइतबार गढवामा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा वडा नम्बर ५का वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले, प्यापसन दाङका अध्यक्ष मधुसुदन केसी लगायतको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षित बर्ग बिदेश पलायन डरलाग्दो अवस्था भएको बताउदै उच्च शिक्षाको लागि स्वदेशमै वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो। अथक प्रयासको बाबजुद पनि पछिल्लो समयका नतिजाहरु निराशा जनक आएको बताउदै गुणस्तरीय शिक्षामा जोडदिन आवश्यक रहेको बताउनुभयो। गुणस्तरीय र व्यवहारीक शिक्षा दिन नसके सम्म नतिजा सुधार नहुने बताउनु भयो। वर्ममान शिक्षा निति/ प्रणालीमा पनि समस्या भएको बताउदै अध्यक्ष पोख्रेलले शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो। वर्ममान शिक्षा प्रणालीमा सुधार नगरे भयावहको अवस्था सिर्जना हुने बताउनु भयो। जिवन उपयोगी शिक्षा दिन नसके सम्म शिक्षामा सोचेजस्तो परिवर्तन हुन नसक्ने बताउनुभयो।

बिद्यालयका प्रिन्सीपल बसन्तराज भट्टराईले कार्यक्रममा बिद्यालयको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अनाथ तथा द्धान्दपिडितबाट एक एक जना पूर्ण निशुल्क कक्षा नर्सरी देखी कक्षा १२ सम्मको पठनपाठन गराएको जानकारी दिनु भयो साथै आंशिक निशुल्क विद्यार्थीहरु ७१ जना रहेको जानकारी गराउदै शैक्षिक जेहनदार तर्फ पूर्ण निशुल्क छात्रवृत्ति १ सय १२ जना पठनपाठन गरिरहेको जानकारी दिनु भयो। आर्थिक पक्ष चुस्त बनाउनका लागि लेखा उपसमिति समेत गठन गरेको बताउनु भयो। त्यसैगरी प्रचुर कम्प्युटर सहित कम्प्युटर ल्याप सञ्चालनमा रहेको छ भने विज्ञान प्रयोगशालाअओ उल्लेख्य स्तर उन्नती गरेको जानकारी दिनु भयो ।त्यसैगरि जिल्ला स्तरीय अन्तर विद्यालय प्रतियोगितामा सर्वोत्कृष्ट नतिजा ल्याउन समेत सफल भएको जानकारी गराउदै बुद्ध ज्योति माध्यमिक विद्यालयबा पठनपाठन गरेका विद्यार्थीहरु बिभिन्न सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था, चार्टर एकाउन्टेन्ट, इन्जिनियर, पाईलट, डाक्टर हुनेहरुको संख्या उल्लेखनीय रहेको बताउनुभयो। त्यसैगरी बुद्ध ज्योति माध्यमिक विद्यालयबाट हाल सम्म १७औ ब्याच विद्यार्थीहरुले एस एल सी उतिर्ण गरिसकेका छन् भने १८ औँ ब्याच एसइइ परिक्षाको तयारीमा रहेका छन्। हाल विद्यालयमा १ हजार १ सय ५६ विद्यार्थी अध्ययनरत रहेका छन् भने ६० जना शिक्षक कर्मचारी रहेका छन् भने ५० कक्षाकोठा सहित विद्यालय सञ्चालन भैरहेको छ।

विध्यालय बाट २०६२ सालदेखि २०७२ साल सम्मको एस एल सी मा २५ जना विद्यार्थी विशिष्ट श्रेणी, १ सय ५४ जना प्रथम श्रेणी, १ सय ५ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन्। त्यसैगरी २०७३ साल यता एसइइ मा ५६ जना ए प्लस, १ सय ८ जना ए, १सय १५ जना बि प्लस, ६१ जना बि, २८ जना सि प्लस र १३ जना सि नतिजा ल्याउ सफल भएको प्रिन्सिपल भट्टराईले प्रतिबेदनमा प्रस्तुत गर्नु भएको हो। त्यसैगरी शैक्षिक सत्र २०७९ को एसइइको परिक्षामा बुध्द ज्योति माध्यमिक विद्यालयका निष्मा यादव र उपासना आले देउखुरी उपत्यका प्रथम भएको जानकारी गराउनु भयो।

बार्षिकोत्सव समारोहमा नेपाल सरकारका स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा राप्ती इन्जीनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरी,प्याप्सन दाङका अध्यक्ष मधुसुदन केसी, गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले,वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापा,प्याप्सन दाङका सल्लाहकार तथा सनलाईट माध्यमिक बिद्यालय लमहीका प्राचार्य रेशम बहादुर बुढा,प्याप्सन दाङका उपाध्यक्ष बिकास रजौरे,गोर्खा माध्यमिक बिद्यालय लमहीका प्रिन्सीपल लोकमान रिजाल,ज्योतिषमति बिद्यापिठ लमहीका प्रिन्सीपल नारायण भुसाल,एन प्याप्सन गढवाका अध्यक्ष निर्मल रावत,प्रतिष्ठा एकेडमी कालाकाटेका प्रिन्सीपल दिपक पोख्रेल र शिक्षाप्रेमी समाजसेवी तेजप्रसाद न्यौपाने तथा बिद्यार्थी दर्शना यादव लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा बर्षभरीको पठन–पाठन र अतिरीक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने बर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो।

विद्यालयका प्रवन्ध निर्देशक मोहन कुमार पाण्डेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिका मञ्जु पौडेलले गर्नु भएको थियो ।

मा प्रकाशित