रक्षा बन्धन पर्वको आध्यात्मिक रहस्य

हरेक वर्ष अनेक हर्ष र उल्लास का साथ मनाइने यो रक्षाबन्धन पर्व अनेक आध्यात्मिक भावलाई बोकेर आएको छ। जसले हामी बिश्व का समस्त मानव जातिलाई विश्व बन्धुत्व को रेखा मा बाँधिन प्रेरित गर्दछ । यो कस्तो बन्धन होला जुन बन्धन भएर पनि रक्षा गर्ने ? यो पनि दाजु र बहिनी को बन्धनमा के आजको परिस्थिति मा बहिनी एबं नारिलाई मात्र रक्षाको आवश्यकता छ त? के पुरुष हरु हरेक परिस्थिति मा सुरक्षित छन् त ?

आलोक भावुक

रक्षाबन्धन पर्व अनेक आध्यात्मिक भावलाई बोकेर आएको छ। जसले हामी बिश्व का समस्त मानव जातिलाई विश्व बन्धुत्व को रेखा मा बाँधिन प्रेरित गर्दछ । यो कस्तो बन्धन होला जुन बन्धन भएर पनि रक्षा गर्ने ? यो पनि दाजु र बहिनी को बन्धनमा के आजको परिस्थिति मा बहिनी एबं नारिलाई मात्र रक्षाको आवश्यकता छ त? के पुरुष हरु हरेक परिस्थिति मा सुरक्षित छन् त ? यसै बिषय बस्तुमा रहेर इश्वरिय बिश्वबिद्धालय तथा योग साधना केन्द्र गढवाकी प्रमुख ब्रह्माकुमारी यसोदा भट्टराई संग गरिएको कुराकानी प्रस्तुत गरेका छौ।”

 

 

 

 

नमस्कार, स्वागत छ ?

-ओम शान्ति नमस्कार ,परमपिता परमात्माले सम्पूर्णको रक्षा गरुन् भनि प्राथना गर्दछु ।

रक्षाबन्धन के हो ?

रक्षाबन्धन पुन्यप्रदयक विषताेडक पर्व हो । यो नाम बाट सिद्ध हुन्छ कि विषय विकार त्याग्नु पुण्य आत्मा बन्नेको प्रतीक हो। सर्वका सद्गतिदाता परमपिता परमात्मा शिव ले नबसृष्टि को शुभारम्भ पूर्व कल्याणकारी पुरुषोतम संगमयूग मा प्रजापिता ब्रह्ममा को मानविय तनबाट मानवको लागि रक्षाका बन्धनहरुलाई स्मृती दिलाउनुहुन्छ। यो रक्षाबन्धन पर्वलाई बन्धन को रूपमा मनाउनुको पछाडि पनि कारण जोडिएको छ। परमपिता परमात्मा अवतरण भई काम, क्रोध , लोभ, मोह, अहंकार जस्ता विकारहरू बाट मानव आत्मा को रक्षाका लागि बाँध्नुभएको ईश्वरीय मर्यादा को अलौकिक बन्धनलाई नै रक्षाबन्धन पर्व भनिन्छ ।

रक्षाबन्धन लाई कसरी बुझ्नु भएको छ ?

– रक्षाबन्धन पवित्रता को वा धर्मरक्षा को बन्धन हो । यो यस्तो समयको यादगार हो जतिबेला सृष्टिमा समस्त मानव आत्माहरुको मनोवृत्ति पूर्णरुपमा दुषित यवम विकारी बनिसकेको हुन्छ । कर्मबाट मानव दानव बनिसकेको हुन्छ। यस्तो अवस्थामा व्यक्तिले विषय ,वासना, भोगविलास , काम, क्रोध, लोभ, मोह, अहंकार,बाहेक अरु केहीपनि देख्दैन । यो विकार बिना संसार चल्दैन भन्ने मान्यताले मानव को मन मस्तष्कमा जरो गाडिसकेको हुन्छ । यस्तो वातावरण मा दाजु र बहिनी को स्मृती हरेक व्यक्तिमा हुन जरुरी हुन्छ ।

बन्धन दुई प्रकार का हुन्छन १- सांसारिक बन्धन २- ईश्वरीय बन्धन । आज हरेक व्यक्ति संसारी बन्धन्देखि हट्न चाहन्छन र ईश्वरीय बन्धनमा बाँधिन चाहन्छन् जुन आवश्यक पनि छ।

रक्षाबन्धनले साच्चिकै रक्षा हुन्छ त ?

– किनकि ईश्वरीय बन्धन सुखदायी बन्धन हो भने सांसारिक बन्धन दुःखदायी बन्धन हो । रक्षाबन्धन यसैकुराको प्रतीक हो कि हामीले आफ्नो स्वयंको रक्षा गर्नको लागि पवित्रताको बन्धन बाँध्नु पर्दछ । आज दिदीबहनीहरुले आफ्ना दाजुभाईलाई राखी बाँधिदिन्छन् भने अब दिदीबहनीहरुले आफ्नो दाजुभाई संग कुन प्रकारको रक्षा चाहन्छन ? बहिनीको लागि सबैभन्दा असुरक्षित स्थान कहा हुन्छ? जहाँ उसको आत्मीय दाजुभाई हुँदैनन् गुनरुपी पवित्रता को गौरव कुनै न कुनै रूपबाट हुनुहुन्छ। असुरक्षित स्थान त्यहीहन्छ जहाँ आत्मीय दाजुभाई हुँदैनन् आज संसारमा यति धेरै दाजुभाई हुँदाहुँदै पनि आज किन हरेक बहिनीहरूले सुरक्षाको ढोका खटखताउनु परिरहेको छ त ? बहिनी हरु विवाह गरेर आफ्नो घर गइसकेको अवस्थामा आइपर्ने हरेक परिस्थिमा शारीरिक शारीरिक रूपबाट दाजु या भाई हरु रक्षागर्न सफल हुन्छन त ? कदापि हुँदैनन् । त्यसैले यस्ता दुर्गुनबाट बच्नकोलागी अब संसारका हरेक नारीले पुरुषलाई दाजुको दृष्टिबाट र हरेक पुरुष ले नारीलाई बहिनी अथवा दिदीको दृष्टिबाट हेर्ने हो भने त्यहाँ कुनै असुरक्षा को वातावरण रहँदैन । त्यसैले जबसम्म हाम्रो दृष्टि वृत्ति हरेक प्रति ठीक हुँदैन तबसम्म यो पर्व एउटा राखी बाध्ने फेशन को रूपमा मात्र रहन्छ ।

रक्षा बन्धन रक्षा संग मात्र सम्बन्धित छ अथवा पौराणिक महत्व संग जोडिएको छ ?

-यो रक्षाको प्रतीक महान पर्व कुनै हद को रक्षा संग मात्र संबंधित नभई उही सर्वशक्तमान सर्वका रक्षक परमात्मा को स्मृतिमा रही स्वकर्म लागि श्रेष्ठ बनाउने पर्ब हो। यसको पछाडि पनि पौराणिक कथा जोडिएको छ । पौाणिक कथा को अनुसार देवराज इन्द्रले राजा दैत्यसँग १२ बर्ष सम्म ठूलो युद्ध गरे । त्यस समयमा आसुर हरुले देवता हरुमाथि विजय प्राप्त गरेका थिए। पराजित देवगण धर्म यवम ,संस्कार विहिन भएर जीवन यापन गर्न लागे । यसरी गौरव हिन जीवन देखि देवराज इन्द्र बाँच्नु भन्दा मर्नु नै बेस सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावन शुक्ल पक्षको चतुर्दशी को दिन थियो । देवगण बृहस्पति ले अघिल्लो दिन इन्द्र को कल्याण यवम विजय कामना होस भनि रक्षा को विधान श्रावन मास को पूर्णिमा को शुभ मुहूर्तमा ईन्द्रलाई रक्षा को बन्धन बाँधदिदै निम्न मन्त्र जप्पनुहुन्छ। येन बद्धो वली राजा दानबेन्द्रो महाबल: ! तेन त्वा रक्ष बधनामी रक्षे माचल माचल।। तत्प्चात् इन्द्रा जी ले इन्द्र को दाहिने हातमा रक्षासूत्र बाध्नुहुन्छ।

त्यो कुन रक्षासूत्र थियो त ? जुन रक्षा सूत्र बाध्नाले देवराज ईन्द्र बिजयी बने?

-वास्तवमा त्यो पवित्रता को रक्षा सूत्र थियो । यसको भावार्थ यही हो कि यदि मानिस ले आफ्नो आशुर वृत्ति माथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्नो धर्मपत्नी संग पनि रक्षा सूत्र अावश्य बाध्नु पर्दछ। मन ,वचन, कर्मलाई पनि पवित्र बनाउनु पर्दछ । त्यसैले यो पर्व उही सर्वशक्तमान सबैका रक्षक परमात्मा को स्मृतिमा रही स्वकर्म लाई श्रेष्ठ अथवा पवित्र यवम दिव्य बनाएर स्वयं तथा बिश्वका आत्माहरू लाई रक्षा गर्न प्रेरित गर्दछ । दाजु को निधारमा टीका लगाई राखी बाँधि मिठाई खुवाएर यो पर्व मनाइन्छ । दाजु को निधारमा टीका लगाउनु अर्थात् दाजू लाई आत्मानिष्ठा बनाउनु हो । किनकि निधारमा मा नै आत्मा रूपी ज्योतिको बास हुन्छ । यस्तै राखी धार्मिक संकल्प लिनको लागि नै बाँधिन्छन।

यो रक्षाबन्धनको पर्व कहिलेदेखि चल्दै आएको हो ?

-प्राचीनकाल देखि जसरी बहिनी ले दाजुलाई रक्षाबन्धन बांध्ने चलन छ त्यसरी नै यो अवसरमा ब्राहमण हरुले आफ्नो याजमनलाई रक्षासूत्र बाँध्ने चलन चल्दै आएको छ। यो महान पर्बले के संदेश दिन्छ भने अब मानिस ले आफ्नो जीवन लाई श्रेष्ठ शक्तिशाली बनाउनको लागि मन,वचन, कर्म बाट पूर्ण पवित्र जीवन बनाउन जरुरी छ । भाई र बहिनी ब्राहमण र याजमान बीच धागो बाँध्नु नै आपसमा पवित्र दृष्टिले कायम राख्नु हो न कि दैहिक दृष्टि । वर्तमान समयमा परमात्मा ले उपयुक्त पवित्र बन्धनमा हरेक नरनारी लाई बाँध्ने काम गरिरहनु भएको छ त्यसको लागि आवश्यक छ पवित्रता को सच्चा व्रत । किनकि पवित्रता नै सर्व गुणको चाबी हो । अत: यथार्थमा हेर्ने हो भने रक्षाबन्धन पर्व ले हामी सबैलाई आत्मिक दृष्टि बाट हेर्न एवम् पवित्र रहने सन्देश दिन्छ ।

अन्त्यमा केही भन्नु छ ?

-मलाई रक्षा बन्धन पर्वको आध्यात्मिक रहस्यहरुको बारेमा बोल्ने र बिचार राख्ने अवसर दिनु भएकोमा तपाई र गणतन्त्र राष्ट्रिय दैनिक परिवारलाई बिशेष धन्यबाद। ओम शान्ति!

 

मा प्रकाशित