बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रीमण्डल बिस्तार हुने

गणतन्त्रनेपाल समाचारदाता, १४ चैत २०७९

बालुवाटारमा सत्ता गठबन्धनको बैठक  आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि बाेलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलकाे बैठकले  मन्त्रीहरूको नाम टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेकाे हाे।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । बैठकबाटै नयाँ मन्त्रीको भागबन्डा र नाम टुंगो लगाउने तयारी नेताहरूको छ ।

बैठकमा दलहरूबीच मन्त्रीको भागबन्डा मिलेर मन्त्रीको नाम टुंगिए प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसके पनि सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्री भागबन्डाको मोटामोटी प्रस्ताव पेस गरे पनि त्यसमा सदै साझेदार दलहरूबीच सहमति भइसकेको छैन ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरू आबद्ध रहेका छन् ।

 

मा प्रकाशित