४ हात र ४ खुट्टा भएको बच्चा जन्मियो, भगवानको अवतार मान्न थालिएपछि …

गणतन्त्र नेपाल समाचारदाता

सामान्यतया बच्चा जन्मिँदा २ हात र २ खुट्टा हुन्छन् तर कतिपय बच्चा अस्वाभाविक जन्मिन्छन् ।

भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा भएको घटनामा ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको छ । यस्तो बच्चा जन्मिएपछि कतिपयले भगवान्को अवतार मानिरहेका छन् ।

डाक्टरले भने जुम्ल्याहा बच्चा हुन खोज्दा विकसित नभई ४ हात र ४ खुट्टा भएको जनाएका छन् ।

बच्चा जन्मिएपछि उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । जन्मिँदा बच्चाको तौल करीब ३ किलोग्राम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि बिहारको कटिहारस्थित सदर अस्पतालमा समेत ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको थियो ।

 

मा प्रकाशित