ओलीलाई अन्तिम मौका दिएका छौँ, नत्र डिभोर्स हुन्छ – नेता नेपाल

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २३ साउन

नेकपा एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने छाँटकाँट नदेखिएको बताएका छन् । उनले ओली सुध्रिएलान् भन्ने विश्वास आफूहरुले पटक्कै नगरेको बताएका छन् ।

साथसाथै उनले ओलीलाई आफूहरुले अन्तिम मौका दिएको र पार्टी एकताका लागि पहल गरेको पनि बताएका छन् । तर, ओलीले नमाने आफूहरुको डिभोर्स हुने पनि उनले बताए ।

दोलखाका कार्यकर्तालाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले भनेका छन्, ‘मलाई केपी ओली सुध्रिएलान् भन्ने पटक्कै विश्वास छैन, डायरीमा यो टिपेर राख्नुहोस् ।’

ओली सुध्रिए आफूले आग्रह पालेको रहेछु भन्ने विश्वास गर्ने पनि उनले यो सम्बोधनमा बताएका छन् ।

‘हामी सम्मानजनक एकताको कुरा गरिरहेका छौँ,’ नेपालले भनेका छन्, ‘हामीले अन्तिम मौका ओलीलाई दिएका छौँ । अब उहाँले आफूले गरेका निर्णयहरु र गर्न खोजेका वडा तहसम्मका अधिवेशन रोक्नु हुन्छ कि हुँदैन, हेर्न बाँकी छ ।’

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID