काँग्रेस पदाधिकारी बैठक बस्ने, यी हुन् एजेन्डा

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १२ साउन 

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। बैठक ९ बजे बूढानिलकण्ठस्थित प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बस्ने छ । महाधिवेशनमा केन्द्रित भएर बैठक बस्ने बताइएको छ ।

काँग्रेसले भदौमा १४ औं महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशील सदस्यता विवाद छानबिन कार्यदलले आफ्नो निवेदन प्रस्तुत गरेको छैन । यसअघि १२ साउनमा गर्ने भनिएको वडा अधिवेशन स्थगित भएको थियो ।

आजको पदाधिकारी बैठकमा स्थगित वडा अधिवेशनको नयाँ मिति सार्वजनिक गर्न सकिने चर्चा गरिएको छ ।

मा प्रकाशित