युथ फोर्सको काउन्टरमा नेपाल समुहको ‘पिपुल्स भोलिन्टयर्स’

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ७ साउन 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) ब्युँझाएका छन् । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि ब्युँताइएको हो ।

युवा संघ नेपालको भक्तपुर भेलामा बरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय पीभी घोषणा गरेका हुन् । शिव श्रेष्ठ संयोजक र सचिवमा मनोज खत्री चयन भएका छन् । पीभीको इन्चार्ज सन्जीप राई रहेका छन् ।

पिपुल्स भोलेन्टियर घोषणा गर्दै नेता नेपालले कम्युनिष्ट विचारबाट अघि बढ्ने बताए । नेता नेपालले युवाहरुलाई मानिसमा हुनुपर्ने राम्रो गुणहरु सिक्न र नराम्रो बानी त्याग पनि आग्रह गरेका छन् ।

मा प्रकाशित