मेलम्चीमा बाढीकाे थप बितण्डा: मध्यरातमा ढल्यो प्रहरी कार्यालय

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढीले विनाश गर्ने क्रम शुक्रबारसम्म पनि जारी नै रहेको छ । बुधबार आएको बाढीबाट खासै क्षति नपुगेको हेलम्बु इलाका प्रहरी कार्यालयको भवनलाई शुक्रबार राति बढेको बाढीले भत्काइदिएको छ ।

शुक्रवार साँझ पानी पर्न थालेपछि मेलम्ची खोलामा बाढी बढेको थियो । बुधबार मेलम्ची खोलामा ठूलो बाढी आएपछि चौकीका सबै सामान अन्यत्रै सारिसकिएको थियो । त्यसपछि शुक्रबार आएको बाढीले हेलम्बु गाउँपालिका– २, किउलस्थित प्रहरी कार्यालय ढलाइदिएको छ ।

यतिबेला प्रहरी कार्यालय भने माथिल्लो भेगको एउटा भाडाको घरमा सारिएको छ । मंगलबारदेखि आएको बाढीले हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारसम्म निकै ठूलो क्षति गराएको छ । बुधबार राति भयंकर रुप लिएको बाढी अझैसम्म पनि घट्ने–बढ्ने भइरहेको स्थानीयले बताएका छन् ।

मा प्रकाशित