काेभिड–१९ काे दोस्रो लहरले लियो ५ हजारभन्दा बढी नेपालीकाे ज्यान

पत्रपत्रिकाबाट

काठमाडाैं । कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा चैतको तेस्रो सातादेखि यताको तथ्याकंलाई दोस्रो लहरभित्र समावेश गरिएको छ । चैतको २० गते अघिसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७९ जना थिए । संक्रमणबाट मृत्यु हुनेहरूमा सवै भन्दा ६० बर्ष माथिको जनसंख्या रहेको मन्त्रालयले जनाएको छ । दोस्रो नम्बरमा ५० देखि माथिका र तेस्रोमा ४० देखि ४९ वर्षभित्रका रहेका छन् ।

गत वर्षको तुलनामा दोस्रो लहरमा साढे दुई महिनाको अवधिमा ५ हजारभन्दा बढीको मृत्यु भएको मन्त्रालयको अभिलेखमा देखिन्छ । यो हिसाबले गत वर्षको भन्दा यो वर्षको मृत्युदर कम समयमा करिब दोब्बर देखिन्छ । गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर २० प्रतिशत रहेको छ । परीक्षण भएका १३ हजार २ सय ९० वटा नमुनामध्ये २ हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।

थप संक्रमितसहित नेपालमा दोस्रो लहरको अवधिभित्र ३ लाख ८० हजार ८ सय ३६ जना संक्रमित भएका हुन् । थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ३४ हजार ६ सय ५ जना पुगेका छन् । संक्रमित मध्येमा ५ लाख ८ हजार ८ सय ४६ जना होम आइसोलेसनमा, ४ हजार ३ सय ८९ संस्थागत आइसोलेसनमा र ९ सय ६७ आइसियुमा भर्ना भएका छन् । तीमध्येमा २ सय ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो समाचार आजकाे नागरिक दैनिकमा छ ।

मा प्रकाशित