मेलम्ची र ईन्द्रावतीको बाढीले ४ दर्जन बढी मानिस बेपत्ता, मन्त्रीद्धारा अन्तर्राष्ट्रिय समुदायलाई अपिल

गणतन्त्र नेपाल संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले ४ दर्जन भन्दा बढी मानिस बेपत्ता भएका जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले विपत्तिमा साथ दिन अन्तराष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।

सिन्धुपाल्चोकबाट निर्वाचित सांसदसमेत रहेका मन्त्री तामाङले हिजाे आएकाे बाढीले नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बाैंको क्षति पुर्‍याएको भन्दै सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मन्त्री तामाङले प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्धार र राहतमा जुट्न अपिल गरेका छन् ।

मन्त्री तामाङले लेखेका छन् –

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औं जना बेपत्ता भएका, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ । यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बाैंको क्षति पुर्‍याएको छ । यो प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्धार र राहातमा जुट्न हार्दिक अपिल गर्दछु । सरकारले आजै टेन्ट र खाद्यान्न जुन जुन बस्तीमा क्षति भएको छ, त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ उहाँहरूलाई घर हुनेहरूले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तर्राष्ट्रिय समुदायलाई यो विपत्तिमा साथ दिन अपिल गर्दछु । मलाई सम्पर्क गर्न ९८५१०४०८२१ मा गर्नुहोला । मेरो स्वकीय निर्मल बन्जारा ९८५११७५३१० हो, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूसँग प्रत्यक्ष सम्पर्कमा रहनुहोला । आजै निरीक्षण हुने जानकारी गराउँछु । खोलाको बहाव झन्झन् बढिरहेकाले सप्तकोसीसम्मका वासिन्दहरूलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।’

मा प्रकाशित