हार्दिक सम्झना, श्रद्धा र सलामी सच्चा गुरु महान् सहिद कमरेड विष्णु पोख्रेल !

नारायण शर्मा
हार्दिक सम्झना, श्रद्धा र सलामी मेरा सच्चा गुरु महान् सहिद कमरेड विष्णु पोख्रेल !
दाङ रामपुरमा जन्मी, हुर्की, पढे, बढेका विष्णु पोख्रेल (क. छवि) नेकपा मशालका केन्द्रीय सदस्य हुँदै अन्ततिर संयुक्त जनमोर्चा, नेपालका केन्द्रीय सदस्यसमेत बन्नुभयाे ! उहाँ मेरा त शैक्षिक, राजनैतिक, सामाजिक, पारिवारिक र व्यावहारिक गुरु नै हो क. विष्णु पोखरेल ! हार्दिक सम्झना, भावपूर्ण श्रद्धाञ्जली र क्रान्तिकारी सलाम आदरणीय सहिद क. विष्णु पोख्रेलप्रति ! म अहिले जे छु र जस्तो छु त्यसमा आमाबुवा, मामा र श्रीमतीलाई छोडेर अरु कसैको सबैभन्दा बढी योगदान र बलिदान छ भने त्यो विष्णु पोख्रेलकै छ ! त्यसले गर्दा पनि म झन् आभारी छु विष्णुजीप्रति ।

शहिद कमरेड विष्णु पाेख्रेल

तर दुखद विडम्बना, तिम्रो सच्चा अनुयायी बन्दाबन्दै पनि तिम्रा राजनीतिक सपना र सामाजिक सेवाका विचार, भावना र कार्यहरुलाई साकार पार्न नसकेकोमा क्षमा प्रार्थी छु र नतमस्तक छु ! फेरि पनि तिमी र तिमीजस्तै सपुतहरुका सपना साकार पार्ने दिशामा अझ नयाँ र समर्पित ढङ्गले प्रस्तुत हुने कुरामा दृढ-प्रतिज्ञ छु । पुन: श्रद्धाञ्जली महान सहिद गुरु !
मलाई थाहा छ गुरु ! तिमीले दुस्मनका हातबाट ६/६ वटा राता-ताता गोली खाँदा पनि आत्मसमर्पण नगरेर जीवनको आहुती दिंदासमेत “राजनीतिबाट सन्यास लिएको” भनी माग्नु दुखद विडम्बना भएको हो गुरु ! फरक यत्ति हो, तिमीले मरेर पनि सम्मान पाउन सकेनौं, म बाँचेर पनि अपमानित भैरहेको छु ! तैपनि तिम्रै पदचाप पच्छाइरहेको छु । क्रान्तिकारी सलाम विष्णु गुरु !
तिमीसङ्गै सहिद हुनु हुने वीर योद्धा एवम् लोकपृय किसान नेता क. धनीराम चौधरीप्रति पनि हार्दिक श्रद्धासुमन सहित लाल अभिवादन !
(सम्पादक–कम्युनिष्ट नेता विष्णु पोख्रेलको  जनयुद्धकाे समयमा  तत्कालीन राज्य सत्ताद्धारा  २०५५ जेठ २८  नृशंस हत्या भएको थियाे ।)
मा प्रकाशित