राष्ट्रपति निवास पुगे प्रधानमन्त्री ओली

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न बुधबार साँझ शीतलनिवास पुगेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको नियमितजसो भेट हुने गरेको स्राेतले बताएकाे छ । साे भेटबारे नागरिकहरुलाई जानकारी दिनु प्रधानमन्त्री वा राष्ट्रपति दुवैकाे कर्तब्य हुन आउँछ तर दुवै कार्यालयले याे कुरा आवश्यक नठानेकाे जानकारहरु बताउँछन् ।

राष्ट्रपतिकाे कार्यालय स्रोतका अनुसार बुधबार बेलुका ७ बजेर ३० मिनेटमा प्रधानमन्त्री ओली शीतलनिवास पुगेका बताइएकाे छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच के विषयमा छलफल हुँदैछ भन्नेबारे खुलेकाे छैन ।

 

मा प्रकाशित