माओवादी नेतामाथि गोली हान्ने पक्राउ

गणतन्त्र नेपाल संवाददाता

कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादीका नेता दीपक पाण्डेसहित २ जनालाई गोली हानेर हत्या फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ५ गते राति ११ बजे कपिलवस्तु नगरपालिका ३ सडवामा लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा सवार माओवादीका जिल्ला नेता दीपक पाण्डे, भारतीय नागरिक इयाज अक्तर मुसलमान र इसाद खानमाथि गोली प्रहार गर्दा दुई जना गोली लागेर घाइते भएका थिए ।

गोली लागेका पाण्डे र मुसलमानको अहिले रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । पाण्डे खतरामुक्त रहेकाे पत्रकार डिलाराम भुसालले गणतन्त्र नेपाललाई जानकारी दिए ।

प्रहरीले विशेष अनुसन्धान गरी व्यक्तिगत दुश्मनीको आधारमा पाण्डेको हत्या योजनामा गोली प्रहार गर्ने कपिलवस्तु नगरपालिका -१ आनन्दवागका ३९ वर्षीय ओमप्रकाश यादव र उनलाई सघाउने सागरटोलका ३३ वर्षीय साकिर अली पाखियालई प्रकाउ गरिएको जिप्रका कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले बताए ।

घटनामा प्रयोग भएको लु १६ प ३४९६ नम्बरको मोटरसाइकल र जंगी राउण्ड थान १ समेत प्रहरीले बरामद गरेको छ ।

 

 

मा प्रकाशित