काठमाडौंमा १७५२ संक्रमित थपिए

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १७५२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २९५ र ललितपुरमा ४०० जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

यस्तै मृतकका संख्या ६ हजार नाघेको छ । हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।

मा प्रकाशित