९१ वर्षीया वृद्दा उपमेयरले जितिन् कोरोना

अविवाहित कार्की कांग्रेसबाट उपमेयरमा २०७४ सालको चुनावमा निर्वाचित भएकी थिइन् ।

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । ९१ वर्षीय कार्कीले कोरोना जितेकी हुन् । उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । उपमेयर कार्की कोभिड अस्पताल उदघाटनकै दिन पहिलो कोभिड संक्रमित भई उपचारार्थ भर्ना भएकी थिइन् । बुधबार स्वाब परीक्षण गर्दा नेगेटिभ आएसँगै उनलाई आज बिहान डिस्र्चाज गरिएको मेयर विजय कुमार सरावगीले बताए ।

उपमेयर कार्कीलाई लिन लिन मेयर विजय कुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौला कोभिड अस्पताल पुगेका थिए । मेयेर सरावगीले कार्कीलाई उच्च मनोबलका साथ कोभिड १९ जितेमा बधाई दिएका छन् ।अविवाहित कार्की कांग्रेसबाट उपमेयरमा २०७४ सालको चुनावमा निर्वाचित भएकी थिइन् ।

मा प्रकाशित