एमाले स्थायी कमिटी बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ ।

एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ । बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिनेलगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।

प्रधानमन्त्री केपी ओलीले बजेट अघिनै विश्वासको मत लिने तयारी गरेको बालुवाटार स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी स्थायी समिति बैठक २ बजेका लागि बोलाएका छन् । त्यसलगत्तै ३ बजे क्याविनेट बैठक बस्ने बताइएकाे छ ।

मा प्रकाशित