हामी क्रान्तिकारी एमाले चाहन्छौं, अहिलेसम्म कुनै सहमति भएको छैन : माधव नेपाल

‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं’,  नेता नेपालको प्रष्टीकरण छ ।

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले आफुहरु सिद्धान्तनिष्ठ क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहने भन्दै त्यसका लागि वार्ता र लचकता अपनाउने तर अहिलेसम्म कुनै सहमति नभएको बताएका हुन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता नेपालको भनाइ छ ।

उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटम लाइन भएको पनि प्रस्ट पारेका छन् । ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं’,  नेता नेपालको प्रष्टीकरण छ ।

हेर्नुहोस माधव नेपालले लेखेको स्टाटस जस्ताको तस्तै,

हामी सिद्धान्तनिष्ठ,क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।

मा प्रकाशित