गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गाईको मुत्र बिक्रि सुरु
आलोक भावुक

गढवा, २९ बैशाख । गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गाईको मुत्र बिक्रि सुरु सुरु भएको छ। स्थानीयहरुले औषधीको लागि गाई संरक्षण केन्द्रबाट गाईको मुत्र किन्ने गरेको गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रका व्यवथापक भक्त बहादुर रोकाले जानकारी दिनुभयो।

गाई संरक्षण केन्द्रमा हाल २ सय ७५ गाई र २० बाच्छाबाच्छी रहेका छन्। माग अनुसार गाई मुत्र संकलन गरेर २५ रुपैयाँ प्रति लिटरका दरले बिक्री गरेको गाई संरक्षण केन्द्रका अध्यक्ष जित बहादुर आले मगरले जानकारी दिनुभयो। २०८० बैशाख १ गतेदेखि गाई मुत्र बिक्री सुरु गरीएको अध्यक्ष मगरले जानकारी दिनुभयो। प्रशोधित बिनानै २५ रुपैयाँ प्रति लिटरका दरले बिक्री गरेका छौ, प्रशोधित गरेर बेच्दा एक सय भन्दा बढी मुल्य पर्न सक्ने बताउनुभयो।

गाईबाट संकलित मुत्र प्रशोधन गरि औषधिको रुपमा बिक्रि गर्नका लागि योजना बनाई रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । संकलित मुत्रलाई प्रशोधन गरि ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिने भएकोले गाई मुत्र बारे ठुलो योजना बनाएर बिक्री बितरणका लागि प्रयास गरिरहेको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।पोख्रेलले गाई संरक्षण केन्द्रलाई राम्रो तरिकाले व्यवस्थापन गर्दै यसलाई रोजगारसँग जोड्ने योजनाका साथ अघि बढेको बताउनुभयो । गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रुपमा प्रयोग गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउदै गाईको महत्व बारेमा सबैलाई बुझाउ आवश्यक रहेको जानकारी समेत दिनुभयो । हामी गाईको मल मुत्र र दुध सबै लाई उपयोग गर्ने र गढवामा नमुना गौशाला छ भन्ने सन्देश सबैलाई दिन खोजेको हो अध्यक्ष पोख्रेलले बताउनुभयो।

हिन्दुहरुको महाव पर्व गाई पुजाको दिन २०८० कार्तिक २७ गतेका दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरिएको थियो । गाई पुजाको शुभ अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गर्नु भएको थियो ।

गढवा बजार र आसपासका क्षेत्रहरुमा छाडा पशुु चौपायाले किसानहरुको बालीनाली खाएर सखाप पारेपछि किसानहरुको मागलाई ध्यान दिदै गाउँपालिकाले झण्डै तिन सयको हाराहारीमा रहेका छाडा गाई–गोरुलाई गौशाला निर्माण गरि ब्यवस्थित गरेको छ। गढवा गाउँपालिकाले स्थानीय जातको गाई संरक्षणका लागि निर्माण गरेको गढवा गौशालामा हाल तिन जना गौ रक्षक राखिएको छ। गढवा गाउँपालिकामा रहेका छाडा गाई गोरु लाई गौशालामा राख्ने गरिएको छ ।

गढवामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न,२ सय ५६ जनाको स्वास्थ्य चेकजाँच
आलोक भावुक

गढवा,२८ बैशाख । गोबरडिहा आयुर्वेद औषधालयको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालयमा शुक्रबार आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५६ बिमारीलाई उपचार गरिएको छ ।

शुक्रबार सम्पन्न निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५६ जनाले स्वास्थ्य चेकजाँच गराउनु भएको छ। स्वास्थ्य चेकजाँच गरिएका हरुलाई आवश्यकता अनुसार निशुल्क औषधि वितरण समेत गरिएको छ। त्यसैगरी निशुल्क एकदिने आयुर्वेद स्वास्थ्य शिविरमा १ सय २५ जनाको सुगर चेकजाँच गरिएको मध्ये ४५ जनालाई सुगरको मात्र आवश्यकता भन्दा बढी रहेको देखिएको र ४५ जनालाई नै निशुल्क आयुर्वेद औषधी वितरण गरिएको गोबरडिहा आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीले जानकारी दिनुभयो।

त्यसैगरी बैशाख २७ गते गढवा गाउँपालिका वडा नम्बर ३ स्थित आदर्श रात्री आधारभूत विद्यालय गोबरडिहामा सञ्चालन भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा कुल १ सय ९५ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो । जसमध्ये रगत परीक्षण बाट ८० जनाको सुगर चेकजाँच गरिएको मध्ये ३० जना सुगर विरामी भेटिएका थिए ।

आयुर्वेद चिकित्साप्रति जनचासो बढाउन तथा प्रचार प्रसारका लागि शिविरको आयोजन गरिएको डा. योगीले जानकारी दिनुभयो । शिविरमा उपचार गरिएका पुराना रोगीलाई आयुर्वेद औषधालयको सम्पर्कमा रहन आग्रह गरिएको थियो ।

डा. योगीले अस्पतालसम्म जान नसक्ने र आर्थिक रुपमा कमजोर घरपरिवारका विरामीलाई स्वास्थ्य शिविरले महत्वपुर्ण सेवा प्रदान गर्ने अपेक्षा आफुले लिएको बताउदै स्वस्थ पानी,स्वस्थ जीन्दगानी जस्तै आयुर्वेदीक औषधी आफुहरुको जीवनमा निकै उपयोगी हुने योगीले जानकारी दिनुभयो।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले अंग्रेजी औषधीको साटो आयुर्वेद औषधी कैयौ गुणा लाभदायक भएको बताउदै आयुर्वेद औषधीको महत्व बुझ्न आवश्यक रहेको बताउदै आयुर्वेद उपचार पद्धति भनेको आफैलाई रोग लाग्न नदिने भएको बताउनुभयो। आयुर्वेदिक पद्धतीको उपचारले मानव लाई स्वस्थ्य मात्र नभई र दिर्घायु समेत बनाउने भएकाले आयुर्वेद माथी बिश्वास राख्न सभा सदस्य थारुले सबैलाई आग्रह समेत गर्नुभयो।

शिविरमा सुगर जांच, पायल्स, (बवासिर), बाथरोग, फिस्टुला, महिला सम्बन्धी रोग, श्वासप्रश्वासलगायत रोगको चेकजाँच गरिएको डा. शंकरनाथ योगीले जानकारी दिनुभयो। शिबिरमा दाङ तुल्सीपुरका आयुर्वेदका डा. मदन कुमार बिसीले बिरामीको जाँचसँगै परामर्श र औषधि दिईएको बताउनुभयो।

गोबरडिहा आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविरको उद्घाटन गरिएको थियो।

निशुल्क शिविरमा कविराज धनोज यादव, बैद्ध निरिक्षक तिलक राम चौधरी, दाङ तुल्सीपुरका आयुर्वेदका डाक्टर मदन कुमार बिसी, डाक्टर कैलास न्योपाने, सरिता खनाल, विष्णु प्रसाद पन्थी, सन्तोष भण्डारी लगाएतको टिमले स्थानीयहरुको स्वास्थ्य चेकजाँच तथा निशुल्क औषधी वितरण गरिएको थियाे ।

गढवा गाउँपालिकाद्वारा हाटबासका आगलागी पिडित परिवारलाई एक लाख बढीको राहत सामाग्री प्रदान
आलोक भावुक

गढवा, २८ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले राजपुर गाउँपालिका वडा नम्बर ७ हाटबासका आगलागी पिडित परिवारलाई बिहीबार राहत सामाग्री प्रदान गरेको छ।

गाउँपालिकाले एक लाख बराबरको जस्तापाता र करिब ३० हजार बराबरको तरकारी राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती यादव र वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको रोहबरमा पिडित परिवारका लागि प्रदान गरेको हो।

विहिबार राहात सामाग्री लिएर गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल सहितको टोली हाटबास गाउँ पुगेका थियो ।

त्यसैगरी बिहिवार राप्ती गाउँपालिकाले पनि १ लाख बराबरको जस्तापाता र तीन हजार बराबरको तरकारी राहत स्वरूप प्रदान गरिएको छ । राहात सामाग्री लिएर गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, कार्यपालिका सदस्य रण बहादुर पुजाली लगायत पालिकाका कर्मचारीहरु हाडबास गाउँ पुग्नु भएको थियो ।

गत बैशाख १६ गते जंगलबाट सल्किएको आगो हाटबास गाउँको २३ घर जलेर खरानी बनाएको थियो।

गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गाईको मुत्र बिक्रि सुरु
आलोक भावुक

गढवा, २९ बैशाख । गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गाईको मुत्र बिक्रि सुरु सुरु भएको छ। स्थानीयहरुले औषधीको लागि गाई संरक्षण केन्द्रबाट गाईको मुत्र किन्ने गरेको गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रका व्यवथापक भक्त बहादुर…

गढवामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न,२ सय ५६ जनाको स्वास्थ्य चेकजाँच
आलोक भावुक

गढवा,२८ बैशाख । गोबरडिहा आयुर्वेद औषधालयको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालयमा शुक्रबार आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५६ बिमारीलाई उपचार गरिएको छ । शुक्रबार सम्पन्न निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५६…

गढवा गाउँपालिकाद्वारा हाटबासका आगलागी पिडित परिवारलाई एक लाख बढीको राहत सामाग्री प्रदान
आलोक भावुक

गढवा, २८ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले राजपुर गाउँपालिका वडा नम्बर ७ हाटबासका आगलागी पिडित परिवारलाई बिहीबार राहत सामाग्री प्रदान गरेको छ। गाउँपालिकाले एक लाख बराबरको जस्तापाता र करिब ३० हजार बराबरको तरकारी राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती यादव र…

भिडियो

भालुवाङ, ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा सञ्चालन भइरहेको राप्ती डान्स आइडल २०८० फाइनलमा प्रवेश गरेको छ ।

गत पुस २७ गते देखि सुरु भएको आइडल शनिवार देखि सेमिफाइनल पार गरि आइतबार देखि फाइनल अडिसन सुरु हुन लागेको आइडल संयोजक तथा प्रमुख निर्णयक दिपक बर्माले जानकारी दिएका छन् । १५ जनाबाट सुरु गरिएको अडिसनमा ११ जनालाई पछि ४ जना फाइनल राउण्डमा प्रवेश गरेका छन् । फाइनल राउण्डका लागि कोड नं. ००२ रहेकी स्मृति थापा, कोड नं. ००३ रहेकी अस्मिता ग्रुप, कोड नं. ००५ रहेकी अर्चना नेपाली र कोड नं. ०१० रहेकी अर्निमा तमाङले प्रतिस्पद्धा गर्ने छन् ।

उनीहरुको मुल्याङकन निर्णायक र भोटिङबा हुने आइडल संयोजक तथा प्रमुख निर्णयक बर्माले बताएका छन् । फाइनल आइडलको प्रमुख निर्णयकमा गायिका तथा मोडेल प्रभा राई रहने छिन् भने अन्य निर्णयकमा आइडल संयोजक दिपक बर्मा र सहसंयोजक सुरेश पन्थी रहने छन् । माघ ८ गते अडिसनको फाइनल हुने छ । आइडलमा प्रथम हुनेलाई नगद २० हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १० हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र पुरस्कार रहेको बताइएको छ ।

खेलकुद

गढवामा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु, पतंजली भवन निर्माण गरिदिने पालिका अध्यक्ष पोख्रेलद्वारा प्रतिबद्धता 
आलोक भावुक

गढवा, १४ बैशाख । दाङ देउखुरीको गढवामा पतंजली योग समिति गढवाको आयोजनमा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा महिला योग पतंजली समिति दाङ, योग पतञ्जली समिति दाङको प्राविधिक सहयोगमा…

सहकारी सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता गढवामा सम्पन्न 
आलोक भावुक

गढवा, १७ चैत्र । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वय सहकार्यमा ६७औं राष्ट्रिय सहकारी दिवशको अवसरमा गढवामा क्रियाशील सहकारीहरु संस्थाका सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता सनिवार गढवामा सम्पन्न भएको छ। सञ्चालक समिति सहित कर्मचारीहरुको…

गढवा गाउंपालिका स्थापना दिवसको अवसरमा जारी खेलकुद प्रतियोगिता सम्पन्न, राप्ती गाउँपालिका प्रथम
आलोक भावुक

गढवा, २७ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको आईतवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिस्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।…

गढवामा आयोजित दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकालाई
तुल बहादुर कवँर मगर

देउखुरी २७,फागुन ।दाङ – देउखुरीकाे गढवा गाउँपालिकाले स्थापन दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकाले जितेको छ । आईतवार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको फाइनल खेलमा लमही नगरपालिकालाई ५-१ काे फराकिलो गोल अन्तरले हराउँदै…