गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापन तालिमको सुरु गर्दै

देव किशोर चौधरीको संयोजकत्वमा दश सदस्यीय तालिम सञ्चालन समिति गठन

आलोक भावुक

गढवा, २० माघ । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापन तालिमको सुरु गर्ने निर्णय गरेको छ ।

शुक्रवार सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा बसेको बैठकले सहकारी व्यवस्थापन तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै बैठकले सहकारी व्यवस्थापन तालिम सञ्चालनको लागि देव किशोर चौधरीको संयोजकत्वमा दश सदस्यीय तालिम सञ्चालन समिति गठन समेत गरेको छ।

साथै गढवा गाउँपालिकाले यही गएको माघ ११ गते जारी गरेको निर्देशन पत्रमा साधारण सभा भएका सहकारीहरुले साधारण सभा सम्पन्नको निर्णय प्रतिलिपि र लेखा परीक्षण सात दिन भित्र पालिको सहकारी शाखामा पठाउने तथा साधारण सभा नभएका सहकारीहरुले के कति कारणले साधारण सभा नभएको भनि निर्देशन जारी भएकोले उक्त निर्देशनलाई कार्यान्वयन गरिदिनका लागि सहकारी सञ्जाल मार्फत सबै सहकारीहरु लाई आह्वान गर्ने निर्णय गरेको सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो।

साथै सहकारी संस्थाहरुमा देखिएको समस्या, चुनौती र व्यवस्थापनको विषयमा गढवा गाउँपालिका, आठ वटै वडाका वडाध्यक्षहरु, सहकारी संघ संस्थाहरु, पत्रकार सहित संग व्यापक अन्तरक्रिया कार्यक्रम यही आउदो फाल्गुन ५ गते जनता माध्यमिक विद्यालय गढवाको सभाहलमा गर्ने निर्णय समेत गरेको अध्यक्ष गहतराजले बताउनुभयो ।

 

बैठकमा सञ्जालका सचिव कैलाश चौधरी, सह सचिव रेखा थापा, कोषाध्यक्ष अशोक केसी, सदस्यहरु पट्वारी यादव, देव किशोर चौधरी, हुमाकान्त सुबेदी, दामोदर ढुङगाना, रिना चौधरी, शिवराज पन्थी त्यसैगरी सल्लाहकार सकुन्तला डिसी र तुला बहादुर सिंह ठकुरी र लेखा समिति सदस्यहरुमा रम्भुनाथ चौधरी र शारदा खड्काको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID