लमही महोत्सवकाे आज आठौँ दिन चर्चित लाेकदाेहाेरी गायक पशुपति शर्मा आउँदै

गणतन्त्रनेपाल समाचारदाता

लमही, १९ माघ । देउखुरीकाे लमहीमा जारी छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज आठौँ दिन चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउने निश्चित भएको छ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको महाेत्सवमा चर्चित लोकदोहोरी गायक शर्मा संगै दोहोरी गायक चोलेन्द्र पौडेल, घनश्याम रिजालको पनि प्रस्तुति रहने महाेत्सवका प्रेस संयाेजक प्रियास्मृत गजमेजरले जानकारी दिनु भएको छ ।

साथै लोक दोहोरी गायक ढाकाराम पौडेल दुई दिन देखि लमही महोत्सवमा कार्यक्रम संचालनको भूमिकामा रहनु भएको छ । त्यस्तै उहां संगै अनुप बुढा, दीपक वर्माले पनि आ-आफ्नो प्रस्तुति दिई रहनु भएको छ ।

पछिल्लो पुस्ताकी चर्चित डान्सर नारायणी खत्रीले दर्शकलाई मनोरंजन दिइरहनु भएको छ । साथमा सगरमाथा डान्स ग्रुपको बेजोड धमाका रहने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिनु भएको छ ।

महोत्सव माघ २५ गते सम्म चल्ने आयोजकले जानकारी दिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID