
नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेका वामपन्थी नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिष्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताउनु भएकाे छ ।
एकीकृत समाजवादीमा प्रवेशका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्दै भुसालले एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गर्नु भयाे।
‘एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत एकीकृत समाजवादीसँगै छ। अब ओलीवादले धराशायी बनाएको कम्युनिष्ट आन्दोलन समाजवादीले नै अघि बढाउँछ, भुसालले भन्रु भयाे।
एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाएको भुसालले बताउनु भयाे।
‘ओलीवादकै आडमा संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाइयो,’ भुसालले भन्रु भयाे ‘ओली विचार, ओली सिद्धान्त र ओली संगठनले धराशायी बनाएको कम्युनिष्ट आन्दोलनाई अब समाजवादीले सबल बनाउँछ।’
मंसिर ४ को चुनावमा एकीकृत समाजवादीले समानुपातिकतर्फ ३ लाख मत ल्याउनु चानचुने कुरा नभएको पनि भुसालले तर्क गर्नु भयाे।
नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले मंसिरको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गर्नु भएकाे थियाे। रूपन्देही-१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुसाल पराजित हुनुभएकाे थियाे ।





