
गढवा, २६ पौष ।
गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको लागत साझेदारीमा सञ्चालन हुने कृषि तथा पशु उद्यमशिलता परियोजनामा मंगलवार हस्ताक्षर भएको छ। कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता साझेदारी विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सम्झौता हस्ताक्षर समारोहमा दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता हस्ताक्षर समारोहमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लामो समयको कोशिस पश्चात सम्झौताम हस्ताक्षर भएको बताउनुभयो। हेफर प्रोजेक्ट एकदमै विस्वासिलो भएको बताउदै सही समयमा सोचे भन्दा राम्रो काम गर्न आफु आशाबादी रहेको बताउनु भयो।
कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले गढवा गाउँपालिकाको सहकार्यबाट उद्यमशिलता विकासमा ठुलो टेवा पुग्ने बताउदै कृषि तथा पशु उद्यमशिलताको मूल्यश्रृंखलालाई अझ मजवुत बनाउदै हेफर ईन्टरनेशनले यस सम्झौता पत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तीका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन आजको सम्झौलाई निकै महत्वपूर्ण दिनको रुपमा लिएको वताउदै गढवा गाउँपालिकाले आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नु भयो ।

हस्ताक्षर समारोहमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, वडाका वडाध्यक्षहरु, कृषि, पशु, स्वास्थ्य शाखाका प्रमुखहरु, हेफर प्रोजेक्ट नेपालका निमित्त राष्ट्रिय निर्देशक डाक्टर तिर्थ राज रेग्मी, ग्रामीण महिला उत्थान केन्द्रकी कानुनी सल्लाहकार सौगत विर चौधरी, स्थानीय साझेदार ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष अस्मनी चौधरी लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।






