
गढवा, २५ पौष।
लुम्बिनी प्रदेश राजधानी जग्गा एकिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रममा सोमवार शितगंगा नगरपालिका वडा नम्बर – ८ को होटल इभरल्याण्ड अर्घाखाँचीमा सम्पन्न भएको छ ।
जग्गा एकीकरण आयोजना सञ्चालक समितिका अध्यक्ष श्यामेस चौधरीको अध्यक्षतामा तथा गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका गाउँपालिका स्तरीय सहजीकरण समितिका सदस्हरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रममा समपन्न भएको हो।
प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा उच्चस्तरीय निर्देशक समितिका बिज्ञ सदस्य पदम प्रकाश बैद्दिक रहनु भएको थियो।

प्रशिक्षण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जग्गा एकिकरणको काम अरुको आश नगरी हामी आफैले गर्नु पर्ने बताउनुभयो। जग्गा एकिकरण ठुलो बिषय रहेकोले सबैलाई बुझाएर अघि बढ्न आवश्यक रहेको बताउदै स्थानीय स्तरमा जनतालाई जग्गा एकिकरण पछी हुने फाइदा हरु को बारेमा बुझाउन अवश्यक रहेको बताउनुभयो। जग्गा एकिकरण पश्चात मात्र नमुना राजधानीको परिकल्पना गर्न सकिने अध्यक्ष पोख्रेलले बताउनु भयो ।

प्रशिक्षण कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रदेश पुर्वाधार बिकाश प्राधिकरणका सिइयो छविराज पोख्रेल, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।कार्यक्रमको सहजिकरण शंकर सुबेदीले गर्नु भएको थियो ।






