
गढवा, १७ श्रावण । दाङकाे गढवा गाउँपालिकामा लायन्स क्लब अफ गढवा गठन भएकाे छ ।
गढवा तथा राजपुर क्षेत्र भित्र रहेका सामाजिक व्यक्तित्व, शिक्षा प्रेमि, बुद्धिजीवी तथा युवाहरूकाे भेलाले उमाकान्त पन्त अध्यक्ष रहेकाे २३ सदस्यिय लायन्स क्लब अफ गढवा गठन गरेकाे हाे ।

जसकाे प्रथम उपाध्यक्षमा बिष्णुमाया बसेल, द्वितिय उपाध्यक्षमा हेम कुमार जि सि, तृतिय उपाध्यक्षमा नवराज देवकाेटा रहनु भएकाे छ, साथै क्लबकाे महासचिवमा ओम प्रकाश बसेल, सह सचिवमा देवराज कुवर, काेषाध्यक्षमा खगेश्वर शर्मा र सहकाेषाध्यक्षमा राधा आचार्य रहनु भएकाे छ । त्यसैगरि सदस्यहरूमा भेषराज पाण्डे, देवराज पाठक, कपिलदेब खनाल, गाेविन्द रेग्मी, हरिहर शर्मा, लक्ष्मण पवन, पुष्पा यादव, शिवा ढुङ्गाना, गुलाम माेहम्मद, विवेक वि सि, महाविर चाैधरी, सुष्मा अधिकारी, रशेम के सि, दिनामणि अाचार्य लगायत काे रहनु भएकाे लायन्स क्लब अफ गढवाले जनाएकाे छ ।
क्लबकाे गठन पछि बसेकाे पहिलाे बैठकले वर्ष २०२३/२४ काे कार्यक्रम अन्तरगत फुड बैंक संचालन, कपडा बैंक संचालन तथा विभिन्न सामाजिक कार्यमा अग्र पंतिमा रहि काम गर्ने निर्णय गरेकाे संघका अध्यक्ष पन्तले जानकारी दिनु भएकाे छ ।





