भारतीय रासन कार्डमा प्रधानमन्त्रीकाे फोटो राखेर प्रचार गर्ने युवक बुटवलबाट पक्राउ

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

फोटोसपमार्फत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा प्रहरीले टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

एआईजी किरण बज्राचार्यका अनुसार रानामगरलाई आइतबार बुटवलको सुख्खानगरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धानका लागि सीआईबीको टोलीले काठमाडौँ ल्याइरहेको बज्राचार्यको भनाई छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID