श्रमिकलाई प्रस्थान गर्न अध्यागमन विभागको ४ सर्त

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,३१असार । अध्यागमन विभागले विगत केही दिनदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई कुवेत जान लागेका नेपाली श्रमिकहरूले अध्यागमन कार्यालयमा प्रस्थानका लागि पेस गरेका कागजातहरू शङ्कास्पद देखिएपछि प्रस्थान अनुमति नदिइएको स्पष्ट पारेको छ ।   यस विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारहरूप्रति  गम्भीर ध्यानाकर्षण भएको विभागले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो केही दिन यता कुवेत जान लागेका श्रमिकहरूको सन्दर्भमा निजहरूले पेस गरेका कागजातहरूको प्रारम्भिक रूपमा छानबिन गर्दा केही श्रमिकहरूले पेस गरेको भिसा सम्बन्धित देशको आधिकारिक वेबसाइटमा नखुलेको र भिसाको अवस्था वेटिङ अप्रुभल देखिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति तथा सम्झौता पत्रमा उल्लेख रोजगारदाताको नाम फरक पर्न गएको लगायतको विषयमा थप छानबिन गरी आवश्यक निर्णयमा पुग्नका लागि छानबिन समिति समेत गठन भई कार्य प्रारम्भ भएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

 

छानबिन समितिको प्रतिवेदन प्राप्त भई अर्को निर्णय नहुँदासम्मका लागि वैदेशिक रोजगारमा जाने सबै यात्रुहरूलाई प्रस्थान अनुमति दिन विभागले ४ सर्त अघि सारेको छ ।

जुन यसप्रकार छन्

१. अङ्ग्रेजी बाहेक अन्य भाषामा भएका भिसा अनिवार्य रूपमा अङ्ग्रेजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेस गर्नुपर्ने।

२. भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति / सम्झौता पत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेसा एउटै हुनुपर्ने ।

३. Parent [Company/ Holding Company अन्तर्गतको कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए उक्त Parent Company/Holding Company ले उक्त कम्पनी आफू मातहतको कम्पनी हो भनी लेखेको आधिकारिक पत्र पेस गर्नुपर्ने ।

४. कुवेत जाने श्रमिकहरूको Evisa को सम्बन्धमा सम्बन्धित मेनपावर कम्पनीले सम्पूर्ण जिम्मेवारी लिई प्रतिबद्धतापत्र पेस गर्नुपर्ने ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID