आज बैंकहरु खुल्ने, आगामी शनिबार पनि कारोबार खुल्ने

गणतन्त्रनेपाल समाचारदाता

गढवा, २३ असार। आज (शनिबार) देशभरका बैंकहरु खुल्ला हुने छन् । नेपाल राष्ट्र बैंकले आज र आगामी ३० गते शनिबारको दिनमा पनि बैंक तथा वित्तिय संस्था खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले दुबै दिन राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खोल्न निर्देशन दिएको छ । राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि ती दिन बैंक तथा वित्तिय संस्था खोल्न निर्देशन दिइएको जनाइएको छ । असार ३१ गते आइतबार चालु आर्थिक वर्षको अन्तिम दिन बेलुकी ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनिएको छ ।

‘नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोधबमोजिम राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि असार २४ गते र ३० गते बिदाका दिन समेत राति ८ बजेसम्म तथा असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तिय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नु गराउन यो सूचना जारी गरिएको छ,’ बैंकको सूचनामा भनिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID