तुलसीपुरका उपमहानगरपालिकाको वडाको बजेट १८ लाख

गणतन्त्रनेपाल समाचारदाता

तुलसीपुर, ९ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को तयारी थालेको छ । उपमहानगरले बजेटको आकार घटाएर बजेट ल्याउने तयारी गरेको छ ।

आर्थिक वर्ष ०७९/८० मा प्रत्येक वडामा ७० लाख बजेट पठाएको उपमहानगरले आगामी आर्थिक वर्षमा प्रत्येक वडामा १८ लाख बजेट पठाउने तयारी गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ५२ लाख बजेट घटेर वडामा जाँदै छ ।

आर्थिक वर्ष ०७९/०८० मा १ अर्ब ८६ करोड बजेट ल्याएको उपमहानगरले यस वर्ष १ अर्ब ७६ करोडको बजेट ल्याउने गरी सिलिङ तयार गरेको हो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID