
गढवा, १३ बैशाख । बड्कापथ सिचाइ जल उपभोक्ता मुल समन्वय समिति गढवाको तेस्रो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन गढवा ३ गोवरडिहामा सम्पन्न भएको छ ।
समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीको सभापतित्व तथा लुम्बिनि प्रदेशका निबर्तमान भौतिक तथा पुर्वाधार विकास मन्त्री इन्द्रजित चौधरीको प्रमुख आथित्य र गढवा गाउपालिकाका अध्यक्ष यम नारायण शर्माको विशिस्ट आथित्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अथिति इन्द्रजित चौधरीले बड्कापथ सिचाइ योजना देउखुरीको समृद्धिसंग जोडिएको आयोजना भएकोले यो योजनाको समयमै सम्पन्न गर्ने कुराम जोड दिनुभयो ।
त्यसै गरी विशिस्ट अथिति गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्माले सिचाइ आयोजनाले सम्पुर्ण गढवा गाउँपालिकाको हितमा रहेकोले अनुशासित तथा इमान्दारिताले काम गर्नुपर्ने बताउन भयो ।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै समितिका अध्यक्ष रघुनन्दन चौधरीले बड्कापथ सिचाइको काम ३० प्रतिशत सम्पन्न भएको बताउनुभयो । त्यसै गरि भरत अधिकारीले ५३ लाख २२ हजार सात सय उन्नाइस रुपैया बराबरको आय ब्यय प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

बड्कापथ सिचाइ आयोजनाको अध्यक्षमा रघुनन्दन निर्वाचित गढवा गाउपालिका वडा नं ३ मा सम्पन्न बड्कापथ सिचाइ जल उपभोक्ता मुल समन्वय समितिको तेस्रो अधिवेशनले ४ वर्षे र्कार्यकालको लागि रघुनन्दन चौधरीको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन मण्डलका संयोजक युवराज पोख्रेलले बताउनुभयो ।
जसकाे वरिष्ठ उपाध्यक्षमा हुमाकान्त सुबेदी, उपाध्यक्षमा माया नेपाली, सचिवमा भरत अधिकारी, कोषाध्यक्ष युवराज पौडेल, सहसचिव बिष्णु माया बसेल सर्वसहमतिले चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा सन्दिप शर्मा, शालिक राम यादव, राजकुमारी चौधरी, सतनाम यादव, भगत बहादुर चौधरी, पुरण चन्द्र मरासिनि, जनकमान चौधरी, रेणु प्रसाद चौधरी रहनुभएको छ ।





