देउखुरीमा एक घरमा आगलागी हुँदा ५ लाख बढीको क्षति

तुल बहादुर कवँर मगर

देउखुरी,०९ वैशाख। दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ काे बुढीचाैरमा शनिबार एक घरमा आगलागी भएको छ।

दिउँसो करिब साढे बाह्र बजे राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ओलीको तीन काेठे एक तले फुसले छाएको कच्ची घर तथा घरमा रहेका नगद १५ हजार रुपैयाँ सहित खाद्यान्न ,लत्ताकपडा ,भाडाकुडा ,कागज पत्र समेत जल्दा करीब रु ५ लाख १५ हजार बराबरको क्षति भएको प्रहरी चाैकी मसुरीयाका सई निम बहादुर खत्री ले जानकारी दिनु भएको छ।

आगलागी नेपाल प्रहरी र स्थानीयवासी लगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID