प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल

गणतन्त्रनेपाल डटकम

काठमाडौं,१३ चैत । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका हुन् ।

सो छलफलमा बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन अझै सकेका छैनन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID