राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ फागुन। राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ ।

उहाँ निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाउनु भएको हो । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाउनु भयो । यस्तै पाँच मत भने बदर भएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID